हाम्रो जन्मभूमिको विशेष साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा गिता श्रेष्ठ

काठमाडौं । स्थापनाकाल देखि नै सामाजिक सेवामा सकृय हाम्रो जन्मभूमि सामाजिक संस्थाको विशेष साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका का.व. अध्यक्ष गिता श्रेष्ठको अध्यक्षता र समाजसेवी तथा सहकारीकर्मी निमनाथ फुँयलको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, संस्थापक सदस्यहरु, सल्लाहाकारह्ररु, मार्नथ सदस्यहरु, आजिवन सदस्यहरु, साधारण सदस्यहरु, पत्रकार, शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि र कार्यक्रमका अध्यक्षबाट पानसमा वक्ति प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरिएको थियो । संस्थाको सचिव सुमन कुमार श्रेष्ठको स्वागत मन्तव्य र का.व. अध्यक्षको प्रतिवेदन पछि नि वर्तमान अध्यक्ष ईन्द्र आचार्यको राजिनामा हलले तालि बजाएर पारित गरेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुने अतिथिहरुले कार्यक्रमको सफलताकोा शुभकामना व्यक्त गर्दै छोटो समयमा संस्थाले सामाजिक क्षोत्रमा गरेको कार्यको खुलेर प्रशंसा गर्दै आउदा दिनहरुमा अझै राम्रा काम गर्न शुभकामना व्यक्त गर्दै नयाँ बन्ने कार्य समितिहरुलाई बधाई दिनु भएको थियो । कार्यक्रमको दोस्रो शत्रमा राष्ट्रिय फोटो पत्रकार समुह नेपालको अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा हरिकृष्ण बस्नेत र लक्षुमण तिमिलसिनाको तिन सदसिय निर्वाचन समितिले औपचारिक रुपमा निर्वाचन सम्पन्न गरेको थियो । गिता श्रेष्ठको अध्यक्षतामा ११ सदसिय नयाँ कार्य समिति बनेको छ जस अनुसार वरिष्ठ उपाध्यक्षमा एल.वि. (सागर) श्रेष्ठ, उपाध्यक्षमा शोभा बेलबासे (पौडेल), सचिव सुमन कुमार श्रेष्ठ, सहसचिव सुमित्रा न्यौपाने, कोषाध्यक्ष नारायण श्रेष्ठ, सदस्यहरुः तुलसा श्रेष्ठ, देवकी ढुङ्गाना, अम्बर बहादुर राई, रिता देउजा (थापा) र झम्क बहादुर श्रेष्ठ (काजी) रहेको नयाँ कार्य समिति बनेको छ । उक्त विशेष साधारण सभाले विधान संशोधान गरि बढिमा १५ सदसिय कार्य समिति बनाउनलाई सम्बन्धित निकायमा विधान संशोधन गर्न पारित गर्दै कार्य समितिलाई जिम्मा दिइएको छ । नव निर्वाचित समितिहरुलाई निर्वाचन समितिका संयोजक प्रदिपराज वन्तले सपथ खुवाउनु भएको थियो साथै नयाँ कार्यसमितिलाई बधाई दिईएको थियो । नव निवाचित समितिका अध्यक्ष गिता श्रेष्ठले प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाँको चिनो प्रदान गर्दै आगमि दिनहरुमा संस्थालाई चलायमान गर्दै अगाडी बढाउँने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका कोषाध्यक्ष नारायण श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।
हाम्रो जन्मभूमि भैपरी आउने खर्च राहत तथा सहयोग कोष स्थापना । पहिलो बैठकबाटै ६४ हजार ३२५ जम्मा नव निवाचित कार्य समितिको पूर्ण बैठक आजै बसि विभिन्न निर्णयहरु गरेको छ । पहिलो वैठकले विविध निर्णयहरुको साथमा महत्वपूर्ण निर्णय गरेको छ । जस अनुसार पहिलो वैठकमैं हाम्रो जन्मभूमि भैपरी आउने खर्च राहत तथा सहयोग कोष स्थापना गरिएको छ । कार्य समितिका सदस्यहरु र शुभचिन्तकहरुले आफुखुसि उक्त कोषमा रकम जम्मा गरेको थियो आजै उक्त कोषमा चौषठी हजार तिन सय पच्चिस रुपयाँ जम्मा भएको छ । उक्त कोषमा सहयोगि मनहरुलाई सहयोग गर्न समेत वैठकले अपिल गरेको छ । आगामी दिनमा उक्त कोषबाट आवसेक परेको ठाउँमा सहयोग गर्ने वैठकले निर्णय गरेको छ ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न