हाम्रो जन्मभूमिले शैक्षिक सामाग्रि वितरण गरेर १३ औं सामाजिक काम गर्दै
काठमाडौं । भनिन्छ समाजमा सानो सानो काम गरेर पनि ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ । त्यहि काम अहिले हाम्रो जन्मभूमि सामाजिक संस्थाले गरिरहेको छ । यस संस्थाले एकै पटक अर्घाखाँची जिल्लाको दुर्गम भेगमा अवस्थित ४ ओटा आधारभूत विद्यालयहरुमा गरिब, जेहन्दार, विपन्न वर्गका बालबालिकाहरुलाई झोला तथा कपि पेन्सिलहरु वितरण गरेर आफ्नो १३ औं सामाजिक काम निम्न स्थान र मितिमा गर्दैछ । यस महान कार्यमा सहभागि हुन र सहयोग गर्न हुन सम्पूर्ण संस्थापक सदस्य, मानर्थ सदस्य, आजिवन सदस्य, साधारणसदस्य तथा शुभचिन्तकहरुमा आग्रह गर्दछौं ।
मितिः २०७८ साल कार्तिक २५ गते
स्थानः श्री दरर्वार आधारभूत विद्यालय, शितगंगा १२, खुम्चिकोट, अर्घाखाँची ।
श्री सरस्वती आधारभूत विद्यालय, शितगंगा १२, खल्याखर्क
श्री बालज्याती आधारभूत विद्यालय, शितगंगा १२, दमारे
श्री जयकोट आधारभूत विद्यालय, शितगंगा १२, देउराली
Comments
Post a Comment