हाम्रो जन्मभूमि सामाजिक संस्थाले ग¥यो आफ्नो १० औं सामाजिक कार्य

काठमाडौं । समाजमा सानो सानो काम गरेर पनि ठूलो परिवर्तन गर्न सकिन्छ भन्ने कुरा हाम्रो जन्मभूमि सामाजिक संस्थाले गर्दै छ । संस्थाले छोटो समयमा नै आ¥नो १० औं सामाजिक कार्य सम्पन्न गरेको छ । कांडाघारीमा सिर्जनशिल बाल सेवा परिवारमा आश्रृत १८ जना बालबालिकाहरुलाइ एक दिवसिय मिष्ठान्न भोजन गराएर संस्थाले १० औं पुण्यको काम गरेको हो । उक्त अबसरमा संस्थाको मानर्थ सदस्य काजल घिमिरे नानुको कान्छो छोरा निर्जल घिमिरेको जन्मदिन परेको हुनाले र उक्त कार्यक्रम गर्न स्पोन्सर काजल घिमिरे नानुले गर्नु भएकोले संस्थाले बाबुको उक्तरोतर प्रगति,सु स्वास्थ्यको कामना सहित रमाईलो वातावरणमा जन्मदिन मनाएको थियो । हामीले जन्मदिन आदि उत्सवहरुमा होटलमा गएर धेरै खर्च गर्नु भन्दा पनि यस्तै आश्रमहरुमा बालबालिका बृद्धाबृद्धहरुसंग जन्मदिन मनाउन सके एक दिन भने पनि तिनिहरुको मुहारमा खुसी झल्कने छ । यहि खुसी झल्काउने प्रयासमा हाम्रो जन्मभूमि लागि परिरहेको छ । यसरी नै छोटो समयमै आफ्नो १० औं सामाजिक कार्य सम्पन्न गरेको छ । संस्थाको कोषाध्यक्ष नारायण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष गिता श्रेष्ठले अध्यक्षता गरेको थियो भने संस्थाका मानर्थ सदस्य, आजिवन सदस्य, साधारण सदस्य कार्यसमितिका सदस्यहरु शुभचिन्तक आदिको उपस्थित रहेको थियो । thap photo ko lagi yeha thichnuhos

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न