हाम्रो जन्मभूमि सामाजिक संस्थाको १२ औं सामाजिक कार्यक्रम सम्पन्न
चौतारा । सामाजिक क्षेत्रमा अग्रसर हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो १२ औं सामाजिक कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढि नगरपालिका वडा. ५ मा रहेको बौद्धिक अपांगताका अभिभावक संघमा सहयोग हस्तान्तरण कार्यक्रम गरेर सम्पन्न गरेको छ । संस्थाको का.अध्यक्ष गिता श्रेष्ठको सभापतित्वमा उक्त वडाको वडा अध्यक्ष नरमान श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाको कार्य समितिका सदस्यहरु लगायत मानर्थ सदस्य, सल्लाहकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा त्यहाँ आश्रित अपाङ्गा बालबालिकाहरुलाई करिब २ महिनालाई पुग्ने खाद्यन्न हस्तानतरण गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष नारायण श्रेष्ठले स्वागत गर्दै संस्थाले गरेका कामहरुको बारेमा जानकारी गराउँदै उक्त आश्रममा राहत खाद्यन्न हस्तानतरण गर्न पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि नरमान श्रेष्ठले सिन्धुपाल्चोकमा जन्म भएको संस्थाले देशै भर आवश्यक परेको स्थानमा सहयोग गर्दै यस्ता बालबालिका भएको ठाउँमा पनि खाद्यन्न हस्तानतरण गरेर पुण्यको काम गरेकोमा संस्थाको उक्तरोतर प्रगतिको कामना गर्नु भएको थियो । कार्यक्रम संस्थाका कार...