घाँटीको क्यान्सर पिडित गणेश श्रेष्ठ बचाउँ अभियानमा हाम्रो जन्मभूमि

काठमाडौं । मानिस जन्मे पछि एक दिन यस संसारबाट भौतिक रुपमा सदाको लागि विदा हुनुपर्छ यो ध्रुव सत्य हो । जसको कोही हुँदैन उसको भगवान हुन्छ भन्थे तर यो सत्य होईन रहेछ । जन्मजातै अपाँङ्ग भएको सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी न.पा., वडा नं. १३ ठूलोसिरुवारी हर्रे निवासी गणेश बहादुर श्रेष्ठ घाँटीको क्यान्सर भई अहिले भक्तपुर क्यान्सर अस्पतलको बेड नं. १३७ मा मृत्यु संग लडिरहनु भएको छ । वहाँको आर्थिक अवस्था एकदमै नाजुक भएकोले उपचारमा समेत समस्या आएको छ । दैनिक रुपमा किनमेल गर्नु पर्ने औषधी लगायत किमो गर्न समेत आर्थिक अवस्थाकै कारण समस्या आएको वहाँको नातेदारले वताउँनु भएको हो । ४८ वर्षिय श्रेष्ठ अविवाहित हुनुहुन्छ । गाउँमा साधारण अवस्थामा हुँदा डोको बुनेर गुजारा चलाई रहेको श्रेष्ठको आएश्रोत केहीपनि छैन । गाँउघरमा पानी समेत ल्याउन नसक्ने श्रेष्ठ गाँउलेहरुकै सहयोगमा जिविका चलाई रहनु भएको थियो । अहिले उपचारमा समस्या आएपछि गाउँघर वरपर छरछिमेकको अलि अलि सहयोगमा जेनतेन उपचार भईरहेको छ । गाउँको समाजसेवी गंगा श्रेष्ठको सहयोगमा केही रकम उठे पनि उक्त रकम अपुग भएको छ । यसै शिलशिलामा हाम्रो जन्मभूमिको सल्लाहकार, सुचना तथा प्रचार प्रसार विभाग प्रमुख, श्री सेती देवी भूतपूर्व विद्यार्थी समाजको अध्यक्ष सागर श्रेष्ठ उक्त अस्पतालमा गई विरामीको स्वास्थ्य स्थितिबारे बुभ्mनु भएको छ । हाल वहाँको स्टेज तेस्रो रहेको, उपचारमा आर्थिक समस्या भएको, घाँटीको स्वासनलीले काम गर्न छाडेपछि घाँटीमा प्वाल पारेर घाँटीबाट स्वासप्रस्वासको व्यवस्था मिलाएको हुँदा अझै उपचारमा धेरै आर्थिकको आवश्यकता पर्ने भएकोले गणेश बहादुर श्रेष्ठ बचाउँ अभियानमा हाम्रो जन्मभूमि संस्थाले अहिले पहल गरि रहेको छ । यस अभियानमा मनकारी सहयोगीहरुलाई आफुले सकेको सहयोग गरेर पिडित श्रेष्ठलाई बचाउँन हार्दिक अपिल गरेको छ । विरामीको अवस्थाको बारेमा थप जानकारी लिन चाहेमा ९८४१८५१९२५ अथवा ९८०८६४४५७२ मा सम्पर्क गर्न सक्नुहुनेछ । स्मरण रहोस यो अभियान आगामी शनिबार सम्म मात्र लागु हुनेछ ।
हाम्रो जन्मभुमिको अपील क्यानसर पीडित गणेश श्रेष्ठलाई बचाउ घाँटीको क्यान्सर पिडित गनेश श्रेष्ठलाई बचाउँ Ganesh stha

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न