घाँटीको क्यान्सर पिडित गणेश श्रेष्ठलाई आर्थिक सहयोग हस्तानतरण
काठमाडौं । विगत केही समय देखी घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका, ठूलोसिरुवारी वडा नं. १३ हर्रे निवासी जन्मजात अपाङ्गाता भएको घाँटीको क्यान्सर पिडित गणेश श्रेष्ठलाई आर्थिक अवस्थाकै कारण उपचारमा समस्या आएपछि नेशनल भिजन मिडिया ग्रुपद्धारा सञ्चालीत न्यूज अभियान डटकमले समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचार प्रकासित भएसंगै श्री सेती देवी माद्यामिक विद्यालय भूतपूर्व विद्यार्थी समाज र हाम्रो जन्मभूमि सामाजिक संस्थाको पहलमा घाँटीको क्यान्सर पिडित गणेश श्रेष्ठ बचाउँ अभियान सञ्चालन गरि सहयोगी मनकारी व्यक्तिहरुद्धारा गरिएको सहयोग रकम एकमुष्ठ ९२ हजार भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा हाम्रो जन्मभूमिका प्रचार प्रसार विभाग प्रमुख सागर श्रेष्ठ, हाम्रो जन्मभूमिका उपाध्यक्ष गिता श्रेष्ठ, सदस्य नारायण श्रेष्ठ लगायत संस्थाका सदस्य तथा शुभचिन्तकहरु शोभा बेलबासे पौडेल, लक्ष्मी कार्की, सुमित्रा पोखरेल, अम्बर राई, कल्पना राउत, मनमाया थापा, रिता देउजा (थापा), पत्रकार अम्बिर तोलाङ्गे, प्रदिप कुमार श्रेष्ठ, सुदिप श्रेष्ठ, मन बहादुर श्रेष्ठ, दुर्गा राई आदी भक्तपुर अस्पतालको परिसरमा गई मिति २०७८ साल भदौ १ गते पिडित गणेस श्रेष्ठको स्वास्थ्य स्थिति बुझि रकम हस्तान्तरण गरेको छ ।
स्मरण रहोस यस हाम्रो जन्मभूमि सामाजिक संस्थाले विभिन्न समयमा प्राकृतिक प्रकोपमा परेका देखी साह्रै अप्ठेरोमा परेकाहरुलाई समेत सहयोग हस्तानतरण गर्दै आई रहेको छ । यस संस्थाले ३ वटा बृद्धबृद्धा तथा बालबालिका आवास गृहमा आश्रित ९० भन्दा बढी बृद्धबृद्धा तथा बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन,वोनम्यारोे पिडित शुशिल साहीलाई आर्थिक सहयोग, दुर्घटनामा परेकालाई आर्थिक सहयोग तथा हेलम्बु बाढीपिडितलाई स्थानिय स्तरमै गई ८० भन्दा बढी बाढीपिडित घर परवारलाई राहत वितरण गरि सकेको छ ।
श्री सेती देवी माद्यामिक विद्यालय भूतपूर्व विद्यार्थी समाजको पहलमा रु ३७ हजार र हाम्रो जन्मभूमि परिवारको तर्फबाट एकमुष्ठ रु ५५ हजार गरि जम्मा ९२ हजार हाम्रो जन्मभूमिको तर्फबाट हस्तान्तरण गरिएको हो ।
for more picture click here
https://www.facebook.com/media/set/?vanity=dearsagars&set=a.10159352492111061
Comments
Post a Comment