नआत्तिनुस्, चलिरहेका मोबाइल दर्ता नभए पनि बन्द हुँदैनन्

सरकारले आगामी आर्थिक वर्षदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भनेर बजेट भाषण मै घोषणा गरेको छ । यसको अर्थ हो, ‘साउन १ देखि नेपाल दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता नभएका मोबाइल चल्दैन ।’ यसले मोबाइल प्रयोगकर्तालाई ‘चलाइरहेका मोबाइल दर्ता भएको छैन भने नचल्ने हुन त ?’ भन्ने प्रश्न उत्पन्न भएको छ । अहिले दर्ता गर्न नसक्नेदेखि गाउँगाउँमा यस्ता धेरै मोबाइल छन् । के ति सबै बन्द भएर मोबाइल प्रयोगकर्ता सेवाबाट बच्चित हुने हुन त ? यही द्धिविधाबीच हामीले नियामक निकाय प्राधिकरणसँग प्रश्न सोधेका छौं, ‘के अहिले चलिरहेका मोबाइल दर्ता छैनन् भने बन्द हुन्छन् त ?’ प्राधिकरणले स्पष्ट पारेको छ, ‘अहिले चलिरहेका कुनै पनि मोबाइल दर्ता नभएको भए पनि बन्द हुँदैनन् । यथावत रुपमा चल्छन् ।’ साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा आएपनि त्यसको हाल चलिरहेका मोबाइलमा कुनै असर नगर्ने प्राधिकरणले बताएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले अहिले चलिरहेका मोबाइललाई कुनै समस्या नहुने बताए । ‘मैले अध्यक्ष ज्यूसँग पनि कुरा गरे,’ मिश्रले आईसिटी समाचारसँग कुरा गर्दै भने, ‘उहाँले अहिले चलिरहेका मोबाइललाई कुनै समस्या नहुने बताउनु भयो ।’ अहिले चलिरहेका मोबाइलको आईएमईआई नम्बर रजिष्टर चाँहि गर्नुपर्छ । त्यो पहिले देखिको नियम भएको भन्दै मिश्रले हाल चलिरहेका मोबाइल साउन १ गतेदेखि बन्द नहुने बताए । ‘अहिले सबै सेवा मोबाइलमा आधारित छ । एकपटक सबै मोबाइल बन्द गर्दा अप्ठ्यारो हुन्छ । सीम राखेर चलाइसकेको मोबाइल बन्द हुँदै हुँदैन्’, उनले भने । तर, साउन १ गतेदेखि नेपाल भित्रिने मोबाइल दर्ता नभएको भेटिएमा उक्त मोबाइल नचल्ने उनले जानकारी दिए । आईएमईआई नम्बर कसरी दर्ता गर्ने ? नोटः अनलाइनबाट दर्ता गर्ने सिस्टममा अहिले चाप पनि बढेको र माइग्रेसन पनि भइरहेकाले उक्त सिस्टमले अहिले काम गरिरहेको छैन् । त्यसलाई समाधान गर्न काम गरिरहेको प्राधिकरणले आईसिटी समाचारलाई जानकारी दिएको छ । अनलाइनबाटै दर्ता गर्ने साइटको समस्या समाधान भएपछि तलको प्रक्रियाबाट दर्ता गर्न सकिने छ । प्राधिकरणले अनलाइनबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिने व्यवस्था समेत गरेको छ त्यसका लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि इन्डिभिजुअलमा क्लिक गरी त्यहाँ मागिएका आवश्यक विवरण राखेर दर्ता गर्न सकिने छ । अहिले उक्त साइटको सर्भर डाउन रहेको छ । साथै तपाईले यहाँ क्लिक गरी आफ्नो आईएमईआई नम्बर दर्ता छ की छैन् भनेर थाहा पाउन सक्नुहुनेछ । आफ्नो मोबाइलको आईएमईआई नम्बर *#०६# डायल गरेर थाहा पाउन सकिने छ । यो डायल गर्दा मोबाइलले एउटा मात्रै सीम सपोर्ट गर्छ भने एउटा मात्रै आईएमईआई नम्बर देखाउँछ भने यदी मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ । आईएमईआई नम्बर २ वटा भए प्राधिकरणमा दुबै नम्बर दर्ता गर्नुपर्ने हुन्छ । चाबहिलको सिस्टम कहिलेदेखि सञ्चालनमा आउँछ ? प्राधिकरणले काठमाडौंको चाबहिलमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्दै छ । यसको ‘सेकेण्डरी साइटलगायत सिभिल कन्स्ट्रक्सन वर्क तयार रहेको छ । निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्यहाँको काम प्रभावित भएको छ । चाबहिलको डेटा सेन्टरमा राख्ने उपकरणहरू आएका छैनन् भने जडान, परीक्षण र सञ्चालन गर्ने प्राविधिक टोली पनि आइपुगेको छैन् । चाबहिलको डेटा सेन्टरको काम सम्पन्न गर्न १-२ महिना लाग्ने मिश्रले बताए । चाबहिलको डेटा सेन्टर सञ्चालनमा नआएसम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सिस्टम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले २०७६ असारमा करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदका लागि मलेसियन कम्पनी एम/एस निउमेरा कन्पनी सँग सम्झौता गरेको थियो । सो कम्पनीले ५ वर्षसम्म यो सिस्टम सञ्चालन तथा व्यवस्थापन गर्ने छ ।
Watech video also

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न