हाम्रो जन्मभूमिको परिचयात्मक कार्यक्रम सम्पन्न
काठमाडौं । स्थापना काल देखिनै सामाजिक सेवामा कृयाशिल सामाजिक संस्था हाम्रो जन्मभूमिले आफ्ना पदाधिकारी, सल्लाहकार, मानर्थ सदस्य, आजिवन सदस्य तथा साधारण सदस्यहरु बिच भर्चुअल माध्यमबाट परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त परिचयात्मक कार्यक्रममा देश तथा विदेशबाट दर्जनौ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष ईन्द्र आचार्यको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य नारायण श्रेष्ठले विगतमा गरिएका सामाजिक कामहरुको आमदानी तथा खर्चहरुको विवरण पेश गर्नु भएको थियो ।
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी भन्ने मूल मन्त्रको साथ अगाडी बढेको यस संस्थाले काभिड १९ को महामारीले गर्दा भौतिक रुपमा उपस्थित भएर कार्यक्रम गर्न नसकिरहेको अवस्थामा भर्चुअल माध्यमबाट महिनाको एकचोटी यस्तै कार्यक्रम गर्ने जानकारी सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिनु भएको छ ।
उक्त कार्यक्रममा परिचयको साथ साथै संस्थालाई कसरी अगाडी बढाउन सकिन्छ भनेर राय तथा सुझाव समेत दिनु भएको थियो ।
यस संस्थाले सबैबाट सुझावहरु लिएर आगामी दिनमा अगाडी बढ्ने जानकारी समेत गराईएको थियो ।
Comments
Post a Comment