हाम्रो जन्मभूमिद्वारा हेलम्बुका बाढी पीडितलाई राहत वितरण स्थानियद्वारा भव्य स्वागत (भिडियो सहित)

सिन्धुपाल्चोक, ६ असार । स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा नाम कमाउन सफल हाम्रो जन्मभूमिले विविध भौगोलिक र प्राकृतिक कठिनाईको बिच सिन्धुपाल्चोकको हेलम्बु जहाँ बाटो, सञ्चार आदिबाट टाढा रहेको ठाउँमा बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराएको छ । मौसम प्रतिकुल हुँदा र बाटोको असुविधा हुँदा पनि वास्तविक पीडितलाई राहत उपलब्ध गराएरै छाड्ने बिच बाटोमा अप्ठेरो परे पनि बोकाएरै भए पनि लगेर वास्तविक पीडितलाई राहत उपलब्ध गराउने उद्देश्यको साथ काठमाडौबाट ४० घर परिवारलाई १३ वटा आईटम जसमा (२५ केजी चामल, २ केजी दाल, २ केजी चिनी, १ पकेट चियापत्ति, १२ पकेट चाउचाउ, १० केजी चिउरा, १ वटा लुगाधुने साबुन, १ वटा नुहाउने साबुन, १ वटा भाँडा माझ्mने साबुन, १ पकेट बिस्कुट, १ पकेट नून, २ लिटर तेल) आदि प्रति घर परिवारलाई उपलब्ध गराईएको थियो । हेलम्बु गाउँपालिकामा वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकश्मिक र अकल्पनिय बाढीले स्थानीयहरुको धेरै नै जनधनको क्षती पुर्याएकोले हाल उक्त क्षेत्रमा देश तथा विदेशमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुले सहयोग गर्ने क्रम बढ्दो छ । त्यसै सिलसिलामा हाम्रो जन्मभूमि सामाजिक र मानव सेवाको सहयात्री संस्था सिन्धुपाल्चोकद्वारा हेलम्वु गाउपालिका वडा नं. ७ को चनौटे बजार रातो पुल छेउ लगायत आसपासका ४० घर परिवारलाई उक्त राहत संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले गाउँका स्थानीय जनप्रतिनिधि वडा सदस्य जित बहादुर तामाङ कार्यपालिका सदस्य लक्ष्मी सुवार स्थानिय स्वयमसेवक सोम तामाङ र प्रहरीको रोहवरमा बाढी पीडित परिवारलाई राहत वितरण गरिएको हो । उक्त राहत वितरण कार्यक्रममा हाम्रो जन्मभूमि संस्थाका सचिव सुमन श्रेष्ठ, संचालक समितिका सदस्य नारायण श्रेष्ठ साथै संस्थाका सल्लाहाकार तथा फोटो पत्रकार सागर श्रेष्ठ, राससका फोटो पत्रकार प्रदिपराज वन्तको सहभागीता रहेको थियो । हाम्रो जन्मभुमी समाजिक र मानव सेवाको सहयात्री संस्थालाई देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरेको आर्थिक रकम संकलन गरी उक्त राहत सामाग्री वितरण गरेको हो । https://www.facebook.com/media/set/?vanity=dearsagars&set=a.10159229412041061 फोटाहरु हेर्नको लागि यहाँ थिच्नुहोस्
यस संस्था विधिवत रुपमा दार्ता भएको एक गैरनाफामुलक सामाजिक संंस्था हो उक्त संस्था टिकटकको माध्ययमबाट नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुको संयुक्त पहलमा सिन्धुपाल्चोक जिल्ला प्रसाशन कार्यालयमा दर्ता भई हाल देशैभरि रहेका विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ । छोटो समयमा नै उक्त संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको माया साथ र आर्थिक सहयोग आउने क्रम जारी रहेको र भोलिका दिनमा पनि दिनदुःखीहरुको घाउमा मलम लगाउँदै समाजसेवामा अग्रस्थानमा रहेर काम गर्ने बताउछन् संंचालक सदस्य नारायण श्रेष्ठ । कठिन परिस्थितिमा पनि वास्तविक पीडित परिवारलाई राहत उपलब्ध गराउन पाएकोमा संस्थाले सबै सहयोगी मनहरुमा आभार प्रकट गरेको छ । त्यसैगरि ब्यानर डिजाईनमा प्रेम बस्नेत, फोटो व्यवस्थापनमा राष्ट्रिय फोटोपत्रकारको महासचिव प्रदिपराज वन्त, समाचार सम्प्रेशणमा न्यूज अभियान डटकमलाई पनि संस्थाले आभार प्रकट गरेको छ । बाँकी भिडियोमा ...

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न