हाम्रो जन्मभूमि संस्थाद्धारा ८० भन्दा बढी बालबालिकाहरुलाई मिष्ठान्न भोजन

काठमाडौं । विगत लामो समय देखी नेपाल लगायत विश्वमा कोरोना भाईरस महामारीले त्राही त्राही बनाई रहेको छ । नेपालमा मनसुन शुरु भएर बाढी पहिरोले तहस नहस हुँदैछ । विविध कारणले विभिन्न आश्रमहरुमा आश्रित बालबालिकाहरुले स्वादिलो खाना खान नपाई रहेको यो अवस्थामा सामाजिक अनि मानव सेवाका सहयात्री (टिकटक को माध्यम) हाम्रो जन्मभूमि को तर्फबाट विभिन्न सहयोगि मनहरुको सहयोगमा नेपाल को तीन जिल्ला इटहरी उपमहानगर पालिक निसहरा बाल आस्रममा आश्रित ४१ जना बालबालिका, चितवन र बुटवल का गरि ८० भन्दा बढी बालबालिका लाई एकदिवसीय भोजनको आयोजना मिष्ठान्न भोजन उपलब्ध गराईएको छ । जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी मूल मन्त्रको साथ अगाडी बढेको हाम्रो जन्मभुमि सामाजिक र मानवसेवाका सहयात्री हो । उक्त एकदिने मिष्ठान्न भोजन कार्यक्रमको संस्थाका अभियान्ताहरुले टिकटक मार्फत प्रत्यक्ष प्रसारण गरेका थिए । सहयोगी मनहरुले आफुले गरेको सहयोग सहि ठाउँमा सदुपयोग भएकोमा खुसी व्यक्त गरेका थिए ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न