असाहायको साहारा बन्दै हाम्रो जन्मभूमि

काठमाडौं । स्थापना काल देखिनै मानव सेवामा सर्मपित सामाजिक संस्था हाम्रो जन्मभूमिले जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी भन्ने मुलमन्त्रको साथ सामाजिक र मानवसेवाका सहयात्री बनेर हिंडिरहेको छ । सहयोगी हातहरुको सहयोगमा यो विश्व महामारीको अवस्थामा दुःखी असहाय र पिडित लाई खुशी दिने प्रयास गर्दैछ। यसैशिलशिलामा २०७८ साल असार १ गते मङ्गलवारका दिन देशका तिन विभिन्न भागमा रहेका बाल आश्रममा आश्रीत ८० भन्दा बढि बाल बालिकाको निम्ति एक दिवसिय भोजन (बिहानिको खाना) को ब्यवस्था गर्दैछ । जसमा पुर्वान्चलमाः निःसहारा बालबालिका सेवा आश्रम,इटहरी उपमहानगरपालिका ४,सयपत्री टोल,सुनसरीमा आश्रित ४१ जना बालबालिका (दुधे बच्चा सहित) । मध्यमाञ्चलमा सहाराको घर, भरतपुर महानगरपालिका १२,नौरङ्गे, (२० जना छोरीहरु) तेस्तै गरि मध्य श्चिमान्चल सिर्जनसिल बाल आश्रम, तिलोतमा नगरपालिका,मङ्गालापुर ९,रुपन्देही (बुटवल) जहाँ १४ जना बालबालिका आश्रित छन । यस्तो महान कार्यमा हातमा हात मिलाउनुुहुने सम्पूर्ण सहयोगि मनहरुमा संस्थाले हार्दिक आभार प्रकट गरेको छ ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न