Posts

Most of Visit

हाम्रो जन्मभूमि ७७ औं सामाजिक कार्यक्रममा वृद्धाआश्रममा एक दिवसीय भोजन 77

Image
सिन्धुपाल्चोक, २०८२ असार १० — हाम्रो जन्मभूमि सामाजिक संस्था द्वारा संस्थाका मानार्थ सदस्य श्री श्याम कर्माचार्य र आजीवन सदस्य शान्ति गिरीको जन्मदिनको अवसरमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा रहेको चौतारा वृद्धाश्रममा एक दिवसीय विशेष भोजन कार्यक्रम आयोजना गरिएको छ। संस्थाकी अध्यक्ष श्रीमती गीता श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संस्था सदस्यहरुको सक्रिय सहभागितामा सभ्य र भव्य रुपमा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख उद्देश्य जन्मदिनको शुभ अवसरमा आश्रममा आश्रित बुबाआमाहरुलाई सम्मानस्वरूप सेवा प्रदान गर्नु तथा सामाजिक उत्तरदायित्व वहन गर्नु रहेको थियो। कार्यक्रममा छिगुझिगु चौतारा सामुदायिक होमस्टेका कोषाध्यक्ष बिना कक्षपति, सल्लाहकार कमलचरण कक्षपति, कमला गिरी, ठाकुर गिरी, र सबिना नेपाल लगायत अतिथिज्यूहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका संयोजक तथा संस्था सचिव सुमन कुमार श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, आजीवन सदस्य, सञ्चालक समिति र सहयात्रीज...

हाम्रो जन्मभूमि सामाजिक संस्थाले मनायो चौथो स्थापना दिवस

Image
सिन्धुपाल्चोक । सशक्त रुपमा सामाजिक कार्य गर्दै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो चौथो स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। चौतारा साँगाचोकगढी नगरपालिकावडा नं. ५ मा एक विशेष कार्यक्रम गरि उक्त कार्यक्रम मनाएको हो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको अध्यक्षता तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा चैत २६ गते, मंगलवारका दिन संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै स्थापना दिवस मनाएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको थियो जसले उनीहरूको अध्ययनमा सहयोग पुग्ने विश्वास लिइएको छ। संस्थाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा र समाजसेवामा संस्थाको योगदानको चर्चा गरिएको थियो।कार्यक्रम चौतारा साँगाचोकगढी–५ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित अतिथिहरूले स्थापना दिवसको अवसरमा संस्थालाई शुभकामना दिदै संस्थाले गर्दै आइरहेको काम प्रति सम्मान व्यक्त गरेका छन् ।

विश्व अटिजम सचेतना दिवसको अवसरमा फोटो पत्रकार सागर श्रेष्ठ सम्मानित

Image
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समुह नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ विश्व अटिजम सचेतना दिवसको अबसरमा एक समारोहका विच सम्मानित हुनु भएको छ । विगत लामो समय देखि विभिन्न संघ संगठन र विशेषगरि मिडिया मार्फत समाजमा रहेर सामाजिक सेवामा उल्लेख्य योगदान पु¥याएको भन्दै वहाँलाई सम्मान गरिएको हो । विश्व अटिजम सचेतना दिवस २०२५ को अवसरमा विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र (एसएसडिआरसी) ले एक समारोहको विच पूर्वअर्थ, उद्योग र वाणिज्य तथा आपूर्तिमन्त्री माननिय शंकरप्रसाद कोईराला ज्यूको हातबाट सम्मानित हुनु भएको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. १३ साविक ठूलोसिरुवारी वडा नं. ६, जंगलछाप हाल काठमाण्डौ महानगरपालिका वडा नं ३१ आलोकनगर बस्दै आएको स्व.हरिबहादुर श्रेष्ठ र स्व. ललिमाया श्रेष्ठको कान्छो सुपुत्रको रुपमा जन्मनु भएका लेख बहादुर (सागर) श्रेष्ठ सानै उमेर देखि समाजसेवा प्रति झुकाव राख्नुहुन्थ्यो । वैदेशिक रोजगारीको शिलसिलामा प्रवासमा ११ वर्ष रहँदा प्रवासी नेपालीहरुको सुख दुःुखको साथी बन्नु भयो । उहाँ २१ वर्ष देखि अनालाईन पत्रकारितालाई र फोटो पत्रकारितालाई मर्य...

Social worker Rita Thapa Deuja celebrating her birth day

Image

समाजसेवी रिताले आफ्नो जन्मदिन बृद्ध आश्रममा मनाईन 71

Image
काभ्रे । पहिले-पहिले जन्मदिनको बारेमा धेरैलाई थाहा हुदैन थियो । जसको जन्मदिन थाहा भयो पुजापाठ गरेर मनाउने गर्दथे । पछिल्लो समयमा मानिसहरुले आफ्नो जन्मदिन पश्चिमी देशहरुको प्रभावले गर्दा होटल, रिर्सोट आदी ठाउँमा मनाउने, देखासेखी गर्ने, वाहियात खर्च गर्ने गर्दै आई रहेको छ । तर अहिले आएर केही बदलिएको छ, बदलिदै छ । मानीसहरु अहिले बृद्ध आश्रम, बाल आश्रमहरुमा गएर बृद्धबृद्धाहरुसंग, अनाथ बालबालिकाहरुसंग रमाएर मिठो खुवाएर जन्म दिन मनाउँने गर्दछन । त्यसैक्रममा हाम्रो जन्मभूमि सामाजिक संस्था को आजिवन तथा कोषाध्यक्ष समाजसेवी रिता थापा देउजाले पनि संस्थाका साथीहरुको साथ पनौति नगरपालिका वडा न. ९ काभ्रे पनौतिमा अवस्थित श्री प्रणनाथ माइती बृद्ध आश्रममा आफ्नो जन्म दिन मनाएकी छिन ।

दुवै मिर्गौला फेल भएको पीडितलाई हाम्राे जन्मभूमिको आर्थिक सहयोग, नयाँ जीवन पाउने आश

Image

हाम्रो जन्मभूमिको ७० औं सामाजिक कार्यक्रम सम्पन्न, मृगौला पिडितलाई ५१ हजार आर्थिक सहयोग

Image
ललितपुर । सबैले बाँच्न पाउनु पर्छ, उपचार सबैलाई बराबर हुनु पर्छ रोग लागेकै कारण कसैले अकालमा मृत्यु भोग्न नपरोस भन्ने मनोसायको साथ अगाडी बढिरहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले गौरवमय ७० औं सामाजिक कार्यक्रम सम्पनन गरेको छ ।  दुबै मृगौला पिडित काभ्रेपलान्चोकको मन्डनदेउपुर नगरपालिका वडा नं. १२ निवासी कान्छा बहादुर पराजुलीको उपचारार्थ संस्थाले आर्थिक सहयोग रकम हसतन्तरण गरेको हो । दुबै मृगौलामा समस्या भई धर्मभक्त अपाङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराईरहेका पीडितलाई बुधबार ललितपुर स्थित नासिका खाजाघरमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको हो। हाल टिकाथलि बसोबास गर्दै आएका पराजुली ५१ वर्ष मात्रै भए , तर १२ वर्षदेखि उहाँ मृगौला रोगवाट ग्रसित हुनुहुन्छ । संस्थाले आफ्ना सदस्य र केही सहयोगीहरुको सहयोगमा ५१ हजार १ सय पाँच रुपैयाँ संकलन गरि हस्तान्तरण गरेको हो । हस्तान्तरण समारोहमा संस्थाका वरिष्ठ सल्लाहकार निमनाथ फुयाँल, चौतारा सागाचोकगढि नगरपालिका वडा नंं.१३ का वडा सदस्य धन बहादुर श्रेष्ठ, संसथाका उपाध्यक्ष नारायण श्रेष्ठ ,कोषाध्यक्ष रिता देउजा थापा, केन्द्रीय सदस्...

हाम्रो जन्मभूमिको ६८ औं सामाजिक कार्यक्रम सृजनशिल बाल सेवा परिवारमा सम्पन्न

Image
काठमाडौं । सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाई सकेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले २ दिनमा २ वटा सामाजिक कार्यक्रम गर्न सफल भएको छ । यसै क्रममा आफ्नो ६८ औं सामाजिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । आफ्नो सदस्य तथा शुभचिन्तकहरुको जन्मदिन कुनै होटल रिसोर्टमा नमनाई अनाथ आश्रमहरुमा गएर मनाउने अभियान अन्र्तगत हिजो यस संस्थाका कोषाध्यक्ष तथा समाजसेवी रिता थापा देउजाकी छोरि सजनी थापाको जन्मदिनको अवसर पारेर कागेश्वरि मनोहरा नगरपालिका वडा नं.९ मा रहेको सृजनशिल बाल सेवा परिवारमा आश्रति बालबालिकालाईहरुलाई एक दिवसीय भोजन गराएर संस्थाको ६८ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा र समाजसेवी सजनी थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता देउजा थापा, सञ्चालकहरुः प्रमिला बस्नेत थापा, अम्बर बहादुर राई, उर्मिला अधिकारी त्यसैगरि समाजसेवीहरुः राम कुमार कार्की, सजनि थापा, रश्मि थापा, सौरव थापा, गृष्मा थापा आदीको उपस्थित रहेको थियो । कार्यक्रमलाई सफल बनाउनको लागि ...

हाम्रो जन्मभूमि सामाजिक संस्थाको ६७औं सामाजिक कार्यक्रम सम्पन्न

Image
काभ्रे । स्थापनाकाल देखी नै सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउदै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ६७ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले काभ्रेपलान्चोक जिल्ला पनौति नगरपालिका वडा नं. ५ मा रहेको मानव कल्याण समाज (बाल घर)मा आश्रति ४२ जना बालबालिकाहरुलाई एक दिवसीय भोजन कार्यक्रम गरेर कार्यक्रम सम्पन्न गरेको हो । हाम्रँे जन्मभूमिका मानार्थ सदस्य तथा समाजसेवी सरिता भुजेलको छोरा शिमियोन माझीको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरिएको हो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्व तथा हातेमालो मानव सेवा समुहका सञ्जय श्रेष्ठको प्रमुख आतिथ्यता आश्रममै गएर कार्यक्रम गरिएको हो । उक्त अवसरमा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता देउजा थापा, सञ्चालक प्रमिला बस्नेत थापा, आजिवन सदस्यहरुः लक्ष्मी श्रेष्ठ, श्याम कर्माचार्य, समाजसेवि तथा टिकटकर सरु श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफल बनाउन सरिता भुजेल लगायतले आर्थिक सहयोग गर्नु भएको थियो ।

हाम्रो जन्मभूमि सामाजिक संस्थाको ६६ औं सामाजिक कार्यक्रम शैक्षिक सामाग्री वितरण गरेर सम्पन्न

Image
सिन्धुपाल्चोक । शिक्षा, स्वास्थ्य, गाँस, बास र कपास बालबालिकाको नैसर्गिक अधिकार हो । यि सबै राज्यको दायित्व भित्र पर्दछ तर राज्यले यो पु¥याउन सकेको छैन । समाजमा सानो सानो काम गरेर पनि ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ भन्ने हेतुले आफ्नो सामाजिक दायित्व अन्तर्गत समाजलाई सुसचित गर्दै सामाजिक क्रियाकलापहरुमा हाम्रो जन्मभूमि सामाजिक संस्था अघी बढि रहेको छ । यसै शिलशिलामा हा्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ६६ औं सामाजिक कार्यक्रम सिन्धुपाल्चोक जिल्ला चौतरा साँगाचोकगढि नगरपालिका वडा १३ नर्सिङडाडामा रहेको श्री बि. पि. मेमोरियल आधारभुत विद्यालयमा अध्यनरत ६३ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रिहरु उपलब्ध गराएर मनाएको छ । संस्थाका सदस्यहरु मिना श्रेष्ठ र सुजन श्रेष्ठको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरिएको हो । साथै यस कार्यक्रम सफल बनाउनलाई वहाँहरुले स्पोन्सर समेत गर्नु भएको थियो । संस्थाका अध्यक्ष गिता श्रेष्ठकोसंयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि त्यसै वडाका वडा अध्यक्ष रामप्रसाद गौतम हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा आजिवन सदस्य धन बहादुर श्रेष्ठ ,शान्ति गिरि, अनुज श्रेष्ठ...