हाम्रो जन्मभूमि सामाजिक संस्थाको ६६ औं सामाजिक कार्यक्रम शैक्षिक सामाग्री वितरण गरेर सम्पन्न
सिन्धुपाल्चोक । शिक्षा, स्वास्थ्य, गाँस, बास र कपास बालबालिकाको नैसर्गिक अधिकार हो । यि सबै राज्यको दायित्व भित्र पर्दछ तर राज्यले यो पु¥याउन सकेको छैन । समाजमा सानो सानो काम गरेर पनि ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ भन्ने हेतुले आफ्नो सामाजिक दायित्व अन्तर्गत समाजलाई सुसचित गर्दै सामाजिक क्रियाकलापहरुमा हाम्रो जन्मभूमि सामाजिक संस्था अघी बढि रहेको छ ।
यसै शिलशिलामा हा्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ६६ औं सामाजिक कार्यक्रम सिन्धुपाल्चोक जिल्ला चौतरा साँगाचोकगढि नगरपालिका वडा १३ नर्सिङडाडामा रहेको श्री बि. पि. मेमोरियल आधारभुत विद्यालयमा अध्यनरत ६३ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रिहरु उपलब्ध गराएर मनाएको छ ।
संस्थाका सदस्यहरु मिना श्रेष्ठ र सुजन श्रेष्ठको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरिएको हो । साथै यस कार्यक्रम सफल बनाउनलाई वहाँहरुले स्पोन्सर समेत गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष गिता श्रेष्ठकोसंयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि त्यसै वडाका वडा अध्यक्ष रामप्रसाद गौतम हुनुहुन्थ्यो ।
अन्य अतिथिहरुमा आजिवन सदस्य धन बहादुर श्रेष्ठ ,शान्ति गिरि, अनुज श्रेष्ठ त्यसै विद्यालका प्र.अ गणेश अधिकारी विद्यालय व्यवस्थापन अध्यक्ष सन्तोष गिरि समाजसेवी तारादेवि राना तथा अभिभावक र समाजसेवीहरुको उल्लेख्य उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरेको हो ।
उक्त कार्यक्रमका लागि आर्थिक ,नैतिक ,भौतिक रुपमा साथ सहयोग गर्नुहुने सबैलाई संस्थाले हार्दिक धन्यवाद दिदै मिना श्रेष्ठ र सुजन श्रेष्ठलाई जन्मदिनको शुभकामना संस्थाको तर्फबाट अध्यक्षले दिनु भएको थियो ।
यसरीनै संस्थाले आफ्ना सदस्यहरुको जन्मदिनको अबसर पारेर विभिन्न प्रकारका सामाजिक कार्यक्रमहरु गर्दै आई रहेको छ । संस्थाको यस्तो पुण्य कामको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि निरन्तर समाजप्रतिको दायित्व पुरा गर्न र ज जस्लाई आवश्यक छ त्यस्ता व्यक्ति तथा संघ संस्थालाई सहयोग गर्न यस संस्था लागि परेको र विगत देखी अहिलेसम्म राम्रो काम गर्दै आएकोमा प्रमुख अतिथि गौतमले प्रसंसा गर्नु भएको थियो ।

Comments
Post a Comment