Posts

Showing posts from January, 2024

बाबुआमा विहिन बालबालिकाहरुलाई मिष्ठान्न भोजन गराएर हाम्रो जन्मभूमिको ५४ औं सामाजिक कार्यक्रम सम्पन्न

Image
लेख बहादुर श्रेष्ठ (सागर), काठमाडौं । हाम्रो जन्मभूमि सामाजिक संस्थाको ५४ औं सामाजिक कार्यक्रम सम्पन्न भएके छ । हाम्रो जन्मभूमि सामाजिक संस्थाका आजीवन सदस्य रमीला काफ्ले दाहालकी छोरा ईशान दाहालको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरेको हो । संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठको संयोजकत्व तथा सल्लाहकार डा. शर्मिला मोक्तानको प्रमुख आथित्यमा कागेश्वरी मनहरा काठमाडौमा रहेको सृजनशिल बाल सेवा परिवारमा आश्रृत बाबुआमा विहिन बालबालिकाहरुलाई एकदिवसीय मिष्ठान्नभोजन गराएर ५४ औं सामाजिक कार्यक्रम गरी सम्पन्न गरियो उपस्थित तथा सहयोगी सहायात्री सबैमा हार्दिक आभार व्यक्त गर्दछौ । गरेको हो । उक्त अबसरमा हेम बहादुर अधिकारी, बिमला खडका, उमा देवी बस्नेत, सुस्मा के सी, यमुना पौडेल, यशु पौडेल, इन्दिरा दाहाल, कमला काफले, गीता श्रेष्ठ, वर्षा ढकाल, आर्यन श्रेष्ठ आदिको उपस्थित रहेको थियो ।

मोफसलमा हाम्रो जन्मभूमिको ५३ औं सामाजिक कार्यक्रम, बृद्धबृद्धाहरु रमाए दिवाभोजमा

Image
लेख बहादुर श्रेष्ठ (सागर), ईटहरी । काठमाडौं उपत्यकामा मात्र नभई मोफसलमा पनि त्यतिकै परिचित छ हाम्रो जन्मभूमि सामाजिक संस्था । जहाँ आवश्यकता छ त्याहाँ निस्वार्थ पुग्छन हाम्रो जन्मभूमिको टिम । त्यसैले हाम्रो जन्मभूमि सामाजिक संस्था सामाजिक सेवाको पर्यवाची बनेको छ । मिति २०८०/१०/०४ गते बिहीबार हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ५३औ सामाजिक कार्यक्रम विराटनगर तिनटोलिया स्थित मानव सेवा समाज आश्रममा एक दिवसिय भोजन कार्यक्रम गरि सम्पन्न गरेको छ । हाम्रो जन्मभूमि सामाजिक संस्थाको कोषाध्यक्ष रिता देउजाको सम्योजकत्व तथा संस्थाका सल्लाहकार रमेशकुमार चापागाईंको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अबसरमा केन्द्रीय सदस्य प्रमिला बस्नेत थापा, मानार्थ सदस्य रिता अधिकारी ,सहयोगी भिम बिक्रम थापा, उज्वल विक्रम थापा, कोपिला चौधरी, पार्वती श्रेष्ठ लगायत विभिन्न समाजसेवी सहयोगि ,सहयात्री व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । हाम्रो जन्मभूमिको सह्रनिय कामको उच्च मुल्याङ्कन गर्दै मानव सेवा आश्रमको तर्फबाट प्रशंसा पत्र समेत हस्तानतरण गरेको थियो । कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष अप्र...

हाम्रो जन्मभूमिको ५२ औं सामाजिक कार्यक्रम, मृगौला पिडित सवितालाई २५,५०० आर्थिक सहयोग

Image
ललितपुर । स्थापनाकाल देखी नै सामाजिक क्षेत्रमा उल्लेख्य सामाजिक काम गर्दै आएको हाम्रो जन्मभूमिले आफ्नो ५२ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । मिति २०८०÷०९÷२६ गते बिहीबार सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ११ घर भएका मृगौला पिडित सविता श्रेष्ठलाई स्वास्थ लाभको कामना गर्दै नासिका सेकुवा कर्नर टिकाथलीमा आर्थिक सहयोग नगद रु। २५,५००। हस्तानतरण गरेको हो । धेरैजसो रोगहरु खानाका कारणबाटै हुने भएकोले खानामा सबैले ध्यान दिनु पर्ने, जो कसैलाई कुनैपनि रोग लागे आत्माबल बढाए जुनसुकै रोगलाई जित्न सकिने भन्दै सागर श्रेष्ठले सवैलाई स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्नुभएको थियो । उक्त नगद हस्तानतरण कार्यक्रममा संस्थाका अध्यक्ष गिता श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ ,कोषाध्यक्ष रिता देउजा थापा केन्द्रीय सदस्यहरु झम्क बहादुर श्रेष्ठ ( काजि), प्रमिला बस्नेत थापा,अम्बर बहादुर राई (राईकान्छा), हेम बहादुर अधिकारी , सावित्री श्रेष्ठ ,सविता श्रेष्ठ अशोक श्रेष्ठ ,जगत बहादुर श्रेष्ठ, लगायत विभिन्न समाजसेवी सहयोगि ,सहयात्री व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष नार...