Posts

Showing posts from August, 2023

दोहोरी गायक रेशम थापा मगर बचाउ अभियानमा हाम्रो जन्मभूमि

Image
सिन्धुपाल्चोक जिल्ला चाैतारासागाँचाेक गढि नगरपालिका वडा नं.२ बतासे बालुवा टाेल स्थाई घर भएका दिर्घ बहादुर थापा मगरका छाेरा बरिष्ठ गाएक तथा सर्जक रेशम थापा मगर २०८० साल भाद्र ९ गते अचानक बिरामी भई टाउकोमा ब्रेनकाे नसामा असर पुग्न गएकाे कारण तत्काल अप्रेसन गर्नुपर्ने भएको कारण न्युराे अस्पताल माइतीघरमा उपचाररत हुनुहुन्छ उहाँको पारिवारिक अवश्था अति कमजोर रहेको साेहि वडाका वडा अध्यक्ष सुदिप श्रेष्ठ ज्युले जानकारी दिए अनुसार उहालाई सहयोगकाे अति जरुरि भएको कारण हाम्रो जन्मभूमि सामाजिक संस्थाले सहयोगका लागि सहयोगी मनहरु प्रती हार्दिक अपिल गरेका छाै जस्ले जहाँबाट सहयोग गर्नु हुनेछ वहाँलाई संस्थाको तर्फबाट सहयोग रसिद उपलब्ध गराईने छ र संकलन भएको एकमुस्ठ रकम सम्बन्धित व्यक्तिलाई हस्तानतरण गरि सामाजिक सञ्जाल तथा मिडिया मार्फत पारदर्सि रुपमा सार्वजनिक गरिने छ । जो कोहीपनि सहयोगि मनहरुले निम्न उल्लेखित प्रकृया मार्फत सहयोग गर्न सक्नुहुनेछ । थप जानकारीको लागि ९८६०४३०७८० । बैंक खाता नं. : १७७०१०१००००४३२, बैंक : ग्लोबल आईएमई बैंक, ब्रान्चः चौतारा

Hamro Janmabhumiको ४३ औ सामाजिक कार्य सम्पन्न, मृगौला पिडित प्रेम ब. विकलाई रू ४६,१०० आर्थिक सहयोग

Image

अपांगता भएको व्यक्तिलाई हाम्रो जन्मभूमिको ४२ औं सामाजिक कार्यक्रममा आर्थिक सहयोग

Image
ललितपुर । जन्मजात अपांगाता भएको व्यक्तिलाई हाम्रो जन्मभूमि सामाजिक संस्थाले आर्थिक सहयोग गरेर ४२ औं सामाजिक सेवा कार्यक्रम गरेको छ । स्थापना काल देखीनै सामाजिक सेवाकार्यमा अग्रणी भूमिका निभाउदै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ घर भई हाल पुलचोक अल्का अस्पतालमा आश्रय लिई रहेको रमेश नेपालीलाई हिडडुल गर्न कठिनाई भएकोले एक सवारी साधन खरिद गर्नको लागि आर्थिक सहयोग गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठको संयोजकत्वमा नगद रु ५००० हस्तानतरण गरेर उक्त कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा संस्थाको केन्द्रीय समितिको सदस्य रिता थापा देउजा, आजिवन सदस्य प्रमिला बस्नेत, समाजसेवी डा. शर्मिला मोक्तान, पत्रकार प्रदिपकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन र बालबालिकालाई लक्ताकपडा, ब्लाङ्केट बाँडेर हाम्रो जन्मभूमिले मनायो ४१ औं सामाजिक सेवा कार्य

Image
काठमाण्डौं । सामाजिक क्षेत्रमा एउटा छुटै पहिचान बनाएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ४१ औं सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आजिवन सदस्य तथा केन्द्रीय सदस्य अम्बर बहादुर राई (राईकान्छा)को छोरीहरु अस्मिता राई र आइलिन राइको जन्मदिनको अवसरमा उहाँलाई जन्मदिनको शुभकामना दिदै संस्थाको ४१ औ कार्यक्रम काभ्रे जिल्ला, पनौति नगरपालिका वडा नं.९ स्थित श्री प्राणनाथ माइती बृद्ध आश्रममा अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त संस्थामा आश्रृत बृद्धबृद्धाहरु र बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन र बालबालिकाहरुलाई लत्ताकपडा साथै ब्लाङ्केट उपलब्ध गराएर मनाएको हो । उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सागर, सचिव सुमन कुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रिता देउजा थापा,अम्बर बहादुर राई (राईकान्छा), काजी श्रेष्ठ, आजिवन सदस्यहरुः प्रमिला बस्नेत थापा , हेम बहादुर अधिकारि, श्याम कर्मचार्य, भरत सापकोटा त्यसैगरि समाजसेवीहरु डा. शर्मिला मोक्तान, दुर्गा राई, प्रबिना कर्मचार्य,राधिका कर्मचार्य,सारदा कर्मचार्य, पत्रकार प्रदिप कुमार श्रेष्ठ लगा...

प्रेम बहादुर बि.क. बचाऊँ अभियानमा हाम्रो जन्मभूमि

Image
काठमाडौं । स्थापना कालदेखी नै सामाजिक क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले प्रेम बहादुर बि.क. बचाऊँ अभियान शुरु गरेको छ । यस संस्थाले हालसम्म ४१ वटा सामाजिक सेवामुखी कार्यक्रम गरिसकेको छ । रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका वडा नं. २, पारवापानी स्थाई घर भई हाल भक्तपुर बसोबास गर्दै आईरहेको वि.क.को परिवारमा ६० वर्षकी आमा हर्कली कमीनी बाहेक कोही पनि छैन । विगत १३ वर्ष २०६७÷०२÷०८ गते देखी डायलासीस गराई रहेको वि.क.को किड्नी ट्रान्सपाल्न्ट गर्न आफन्त कोही नभएको र कसैले पनि दिन नमानेकोले बुढेसकालको आमाको साहारा बन्नु पर्ने बेलामा अहिले आमाले नै छोराको हेर विचार गर्नु पर्ने, रुपन्देहीमा भएको एउटा घर पनि बैंकमा धितो राखिएको, आमदानी केही नभएको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले, अहिले खान बस्न, औषधी उपचारको लागि अत्यन्त कठिन परिस्थिति भएकोले मनकारी मनहरुमा हाम्रो जन्मभूमि मार्फत सहयोगको अपिल गर्नु भएको छ । जस्ले जहाँबाट सहयोग गर्नु हुनेछ वहाँलाई संस्थाको तर्फबाट सहयोग रसिद उपलब्ध गराईने छ र संकलन भएको एकमुस्ठ रकम सम्बन्धित व्यक्तिलाई हस्तानतरण गरि सामाजिक ...