बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन र बालबालिकालाई लक्ताकपडा, ब्लाङ्केट बाँडेर हाम्रो जन्मभूमिले मनायो ४१ औं सामाजिक सेवा कार्य

काठमाण्डौं । सामाजिक क्षेत्रमा एउटा छुटै पहिचान बनाएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ४१ औं सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आजिवन सदस्य तथा केन्द्रीय सदस्य अम्बर बहादुर राई (राईकान्छा)को छोरीहरु अस्मिता राई र आइलिन राइको जन्मदिनको अवसरमा उहाँलाई जन्मदिनको शुभकामना दिदै संस्थाको ४१ औ कार्यक्रम काभ्रे जिल्ला, पनौति नगरपालिका वडा नं.९ स्थित श्री प्राणनाथ माइती बृद्ध आश्रममा अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त संस्थामा आश्रृत बृद्धबृद्धाहरु र बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन र बालबालिकाहरुलाई लत्ताकपडा साथै ब्लाङ्केट उपलब्ध गराएर मनाएको हो । उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सागर, सचिव सुमन कुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रिता देउजा थापा,अम्बर बहादुर राई (राईकान्छा), काजी श्रेष्ठ, आजिवन सदस्यहरुः प्रमिला बस्नेत थापा , हेम बहादुर अधिकारि, श्याम कर्मचार्य, भरत सापकोटा त्यसैगरि समाजसेवीहरु डा. शर्मिला मोक्तान, दुर्गा राई, प्रबिना कर्मचार्य,राधिका कर्मचार्य,सारदा कर्मचार्य, पत्रकार प्रदिप कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो सागर श्रेष्ठले संस्थाको बारेमा प्रकाश पार्दै कार्यक्रम सञ्चालन गर्नु भएको थियो । संस्थाका अध्यक्ष गिता श्रेष्ठले सम्पूर्ण उपस्थित तथा सहयोगिमनहरुलाई धन्यवाद दिनु भएको थियो । एक दिवसिय भोजन कार्यक्रम केन्द्रीय सदस्य अम्बर बहादुर राई र नगद ५ हजार सहित लत्ताकपडा तथा ब्लाङकेटहरु समाजसेवी डा. शर्मिला मोक्तानले उपलब्ध गराउनु भएके थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न