अपांगता भएको व्यक्तिलाई हाम्रो जन्मभूमिको ४२ औं सामाजिक कार्यक्रममा आर्थिक सहयोग

ललितपुर । जन्मजात अपांगाता भएको व्यक्तिलाई हाम्रो जन्मभूमि सामाजिक संस्थाले आर्थिक सहयोग गरेर ४२ औं सामाजिक सेवा कार्यक्रम गरेको छ । स्थापना काल देखीनै सामाजिक सेवाकार्यमा अग्रणी भूमिका निभाउदै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ घर भई हाल पुलचोक अल्का अस्पतालमा आश्रय लिई रहेको रमेश नेपालीलाई हिडडुल गर्न कठिनाई भएकोले एक सवारी साधन खरिद गर्नको लागि आर्थिक सहयोग गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठको संयोजकत्वमा नगद रु ५००० हस्तानतरण गरेर उक्त कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा संस्थाको केन्द्रीय समितिको सदस्य रिता थापा देउजा, आजिवन सदस्य प्रमिला बस्नेत, समाजसेवी डा. शर्मिला मोक्तान, पत्रकार प्रदिपकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Comments