Posts

Showing posts from March, 2023

अनाथ बालबालिकाहरुलाई मिष्ठान्न भोजन गराएर हाम्रो जन्मभूमिले मनायो ३५ औं सामाजिक कार्यक्रम

Image
काठमाडौं । स्थापनाकाल देखिनै सामाजिक क्षेत्रमा अब्बल काम गर्दै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले ३५ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । जोरपार्टी स्थित बुद्धिष्ट चाईल्ड होममा आश्रित बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन र शैक्षिक सामाग्रिहरु वितरण गरेर मनाएको हो । संस्थाको अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा आज संस्थाका केन्द्रीय सदस्य अम्बर बहादुर राई र समाजसेवि उज्जवल विक्रम थापाको जन्म दिनको अबसर पारेर उक्त कार्यक्रम गरेको हो । हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्ना सदस्य तथा शुभचिन्तकहरुको जन्मदिन तथा कुनै शुभ कार्यहरु गर्दा कुनै अनाथलाय, आश्रमहरुमा गएर मनाउने गरेको छ यसै क्रममा आजको जन्मदिन यस आश्रममा गरेको हो । उक्त अबसरमा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, महिला उपाध्यक्ष शोभा बेलबासे, केन्द्रिय सदस्य रिता थापा देउजा, अम्बर बहादुर राई, काजि श्रेष्ठ, मानर्थ सदस्य शान्ता गौतम, आ.स. प्रमिला बस्नेत थापा, दुर्गा मैनाली, समाजसेवीहरुः भरत प्रसाद सापकोटा, पुनराम पौडेल, उज्जवल विक्रम थापा, भिम विक्रम थापा, शौरब विक्रम थापा, नेत्र प्रसाद दाहाल, रविन्द्र थापा, गीता बिष्ट, प...

बाउआमा गुमाएका टुहुरोलाई हाम्रो जन्मभूमिको आर्थिक सहयोग 34

Image
सिन्धुपाल्चोक । स्थापना काल देखि नै दिन दुःखी, असाहाय, बृद्धाबृद्ध, बालबालिकाहरुको साहारा बन्दै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले बाउआमा नभएको टुहुरा एक विद्यार्थीलाई पढाईमा सहयोग पुगोस भन्ने हेतुले रु पाँच हजार आर्थिक सहयोग गरेर संस्थाको ३४ औं कार्यक्रम सम्पन्न गरेको छ । मिति २०७९÷१२÷०२ गते सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढि नगरपालिका वडा नं १३ मा रहेको श्री सेती देवि माध्यमिक विद्यालयको ६२ औ बार्षिकोत्सव अभिभावक भेला एवम भूतपुर्व विद्यार्थी पुनर्मिलन समारोह कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष गिता श्रेष्ठले हाम्रो जन्मभूमि सामाजिक संस्थाको तर्फबाट त्यसै विद्यालयको कक्षा १०मा अध्यनरत आफ्नो बाउआमा गुमाएको आर्थिक अवस्था अति कमजोर भएको अन्जन पुरिलाई रु ५०००÷ नगद हस्तान्तरण गरेको हो । हाम्रो जन्मभूमि सामाजिक संस्थाले प्रेरणादायि उत्कृष्ठ काम गरेकोमा प्रमुख अतिथि लगायत अन्य महानुभावहरुले प्रशंसा गर्नुको साथै सम्मान पनि गरिएको थियो ।

बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराएर मनायो हाम्रो जन्मभूमिले ३३ औं सामाजिक कार्यक्रम (भिडियो सहित)

Image
काठमाडौं । यो समाजमा हाम्रो पनि दायित्व छ । जिवनका कमाईहरु मध्ये १० देखी १५ प्रतिशत सम्म समाजकै लागि खर्च गर्न सके मानव भएर बाँच्नुको अर्थ रहन्छ । हाम्रो जन्मभूमि सामाजिक संस्थाले समाज प्रतिको दायित्व दिन प्रतिदिन पुरा गर्दै अघि बढिरहेको छ । जन्मदिन होस या विवाह वा अन्य उत्सव, पृतृ कार्यहोस वा कुनैपनि उत्सव । हामी होटल, रेष्टुरेण्ट, रिसोर्ट आदिमा गएर गर्ने खर्चहरुलाई अब कसैको हाँसो खुशीमा बदल्ने प्रयास गर्दैछौं । अब हाम्रो जन्मभूमिका सदस्य तथा शुभचिन्तकहरुले त्यस्ता दिनहरुम बृद्धबृद्धा तथा अनाथ बालबालिकाहरुको चेहरामा खुशी ल्याउने भएको छ । फजुलमा गर्ने खर्चहरु बृद्धबृद्धा आश्रम तथा अनाथालयमा गएर एक दिन भने पनि मिष्ठान्ना खाना खुवाएर उहाँहरु संगै रमाएर मनाउँनुको मज्जा बेग्लै छ । आगमी दिनमा पनि निरन्तरता दिईने छ । यसै क्रममा हाम्रो जन्मभूमिको शुभचिन्तक देवी श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर हाम्रो जन्मभूमि सामाजिक संस्था मार्फत बनेपा स्थित बौद्ध बृद्धआश्रममा रहेको बृद्धबृद्धाहरुलाई एक दिवसिय मिष्ठान भोजन गराउनुभएको छ । उहाँको जन्म दिनको अबसरमा उक्तरोत्तर प्रगति र दिर्घायुको...

Hamro Janmabhumi सामाजिक संस्थाको ३३औ कार्यक्रम

Image