हाम्रो जन्मभूमि सामाजिक संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न

अशोज ६, २०८१, ललितपुर । स्थापना काल देखिनै सामाजिक सेवामा उल्लेख्य योगदान दिएर देश विदेशमा समेत ख्याति कमाउन सफल हाम्रो जन्मभूमि सामाजिक संस्थाको ४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुर स्थित टिकाथलीमा रहेको नासिका सेकुवा कर्नरमा २०८१ साल अशोज ५ गते शनिवारका दिन संस्थाका अध्यक्ष गिता श्रेष्ठको सभापतित्व तथा चौतारा साँगाचोक गढी नगरपालिकाका उपमेयर सिता थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता सुवास कर्माचार्य, चौ.साँ.गढी न.पा. वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठ, हाम्रो जन्मभूमि सामाजिक संस्थाका वरिष्ठ सल्लाहकार निमनाथ फुयाल, चौ.साँ.गढी न.पा. वडा नं. १३ का सदस्य धन बहादुर श्रेष्ठ, समाजसेवी मिना कुमारी मल्ल, मानर्थ सदस्य उत्तम लामा, मानर्थ सदस्य शान्ता गौतम, समाजसेवी आजिवन सदस्य भरत सापकोटा, युवामञ्चका राम शरण ढकाल, निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश प्रसाद अधिकारी, नेपाली हर्ट गु्रपका डिल्लीराज पराजुली, हातेमालो मानव सेवा समुहका संजय श्रेष्ठ, नेपाली हर्ट ग्रुपका अध्यक्ष कृष्ण के.सी., नेपाल किड्नी समाजक...