Posts

Showing posts from August, 2024

हाम्रो जन्मभूमीको ६४ औं सामाजिक कार्यक्रममा शुद्ध पिउने पानि वितरण

Image
ललितपुर । हरेक सामाजिक क्षेत्रमा विभिन्न माध्यमबाट आफ्नो उपस्थिति जनाउँदै आई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ६४ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । यस संस्थाले दर्शनार्थीहरुको भिड हुने स्थान श्री सन्तानेश्वर महादेव मन्दिर परिषरमा साउन महिनाको पहिलो सोमबार श्री सन्तानेश्वर महादेवको दर्शन गर्न आउनु हुने भक्तजनहरुलाई शुद्ध पिउने पानी वितरण गरेर पुण्यको काम गरेको हो । उक्त अवसरमा संस्थाका बरिस्ठ सल्लाहकार निमनाथ फुयाँल लगायत संस्थाका अध्यक्ष गिता श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ कोषाध्यक्ष रिता देउजा थापा, सदस्यहरु प्रमिला बस्नेत थापा, अम्बर बहादुर राई, समाजसेवी बिनोद खडका अध्यक्ष श्री सन्तानेश्वर महादेव मन्दिर समाजसेवी मिना घिमिरे फुयाँल आदिको उपस्थिति रहेको थियो ।

हाम्रो जन्मभूमिको ६३ औं सामाजिक कार्यक्रम मानव कल्याण समाजमा

Image
भक्तपुर । हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ६३औं सामाजिक कार्यक्रम भक्तपुर झौखेलमा स्थित मानव कल्याण समाज (सेवा घर)मा आश्रति बृदा आमा बुबाहरुलाई एक दिवसीय भोजन कार्यक्रम गरेर सम्पन्न गरेको छ । संस्थाका आजिवन तथा केन्द्रीय सदस्य काजी श्रेष्ठको जन्मदिनको अवसरमा अध्यक्ष गिता श्रेष्ठको सभापतित्व्य तथा चौतरा सांगाचोकगढी नगरपालिका वडा नं १३ का वडा सदस्य यस संस्थाका आजिवन सदस्य धन बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । उक्त अवसरमा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, सञ्चालकहरुः प्रमिला बस्नेत थापा,हेम बहादुर अधिकारी आजिवन सदस्यहरु लक्ष्मी श्रेष्ठ, रमिला काफ्ले दाहाल,सुष्मा के सि समाजसेविहरु चन्दन कुमार अमात्य, ललित बहादुर श्रेष्ठ, शर्मिला श्रेष्ठ, पवित्रा श्रेष्ठ, बिमला श्रेष्ठ, सुमन श्रेष्ठ, मेनुका श्रेष्ठ, कृतन श्रेष्ठ आदिको उपस्थिति रहेको थियो ।