हाम्रो जन्मभूमीको ६४ औं सामाजिक कार्यक्रममा शुद्ध पिउने पानि वितरण

ललितपुर । हरेक सामाजिक क्षेत्रमा विभिन्न माध्यमबाट आफ्नो उपस्थिति जनाउँदै आई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ६४ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । यस संस्थाले दर्शनार्थीहरुको भिड हुने स्थान श्री सन्तानेश्वर महादेव मन्दिर परिषरमा साउन महिनाको पहिलो सोमबार श्री सन्तानेश्वर महादेवको दर्शन गर्न आउनु हुने भक्तजनहरुलाई शुद्ध पिउने पानी वितरण गरेर पुण्यको काम गरेको हो । उक्त अवसरमा संस्थाका बरिस्ठ सल्लाहकार निमनाथ फुयाँल लगायत संस्थाका अध्यक्ष गिता श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ कोषाध्यक्ष रिता देउजा थापा, सदस्यहरु प्रमिला बस्नेत थापा, अम्बर बहादुर राई, समाजसेवी बिनोद खडका अध्यक्ष श्री सन्तानेश्वर महादेव मन्दिर समाजसेवी मिना घिमिरे फुयाँल आदिको उपस्थिति रहेको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न