दुवै मृगौला पिडित प्रताप गुरुङ्गलाई हाम्रो जन्मभूमिको ५८ औं सामाजिक कार्यक्रममा नगद ७४,१०० हस्तानतरण

लेख बहादुर श्रेष्ठ ९सागर०, ललितपुर । सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ५८ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । केही दिन अगाडी मृगौला पिडित प्रताप गुरुङ्गलाई सहयोग गर्न हाम्रो जन्मभूमिले अपिल गरेको थियो । स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं १२ स्थायी घर भई हाल बालाजु माच्छापोखरीमा बसोबास गर्दै आएका मनजित गुरुङका छोरा ४० वर्षीय प्रतापबहादुर गुरुङको दुवै मिर्गौलाले काम नगरेको करिब ६ वर्ष भई सकेको थियो । शुभ अस्पतालमा उपचाररत वहाँको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ भएकोले हाम्रो जरुन्मभूमि सामाजिक संस्थाले एउटा अभियान नै चलाएको थियो । आर्थिक अवस्था अति कमजोर भएकोले किड्नी समेत ट्रान्सप्लान्ट गर्न सकेको थिएन। आज एक समारोहको विच वहाँलाई नगद रु ७४,१०० हस्तानतरण गरेको हो । संस्थाको अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा सञ्चालित उक्त सहयोग हस्तानतरण कार्यक्रममा प्रमुख सल्लाहकार निमनाथ फुँयाल, पूर्व वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता देउजा थापा, सञ्चालक सदस्यहरु, अम्बर बहादुर राई, प्रमिला वस्नेत थ...