हाम्रो जन्मभूमिको ५७औ सामाजिक कार्यक्रम शैक्षिक सामाग्रि वितरण गरेर सम्पन्न

सिन्धुपाल्चोक । हरेक सुखदुःखको साथी हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ५७ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतरा साँगाचोकगढि नगरपालिका वडा नं. १३ कोटडाँडामा रहेको श्री सेती देवि माध्यमिक विद्यालयको ६३ औ बार्षिकोत्सवको अवसरमा त्यस विद्यालयमा अध्यनरत २३जना जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामाग्रिहरु उपलब्ध गराईएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोक गढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटा, विशेष अतिथि त्यसै वडाका वडा अध्यक्ष रामप्रसाद गौतम लगायतको उपस्थितिमा अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा सचिव सुमन कुमार श्रेष्ठ ,आजिवन सदस्य धन बहादुर श्रेष्ठ ,शान्ति गिरि,त्यसै विद्यालयका प्र.अ. रमेश गौतम व्यवस्थापन अध्यक्ष कुलप्रसाद दाहाल ,पुर्व प्र.अ. शिव बहादुर के.सि. वडा बाल संरक्षण समितिका अध्यक्ष हरिविक्रम नेपाल,गोविन्द श्रेष्ठ , तारादेवि राना,नारायण प्रसाद गौतम,प्रकाश गिरि,विभिन्न विद्यालयबाट उपस्थित हुनुभएका शिक्षक ज्युहरु तथा अभिभावक विभिन्न समाजसेवीहरुको समुपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको हो । उक्त कार्यक्रमको लागि आर्थिक ,नैतिक ,भौतिक रुपमा साथ सहयोग गर्नुहुने सबैलाई संस्थाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

Comments