Posts

Showing posts from February, 2024

श्रदालु तथा तिर्थालुहरुलाई पिउनेपानी उपलब्ध गराएर हाम्रो जन्मभूमिले मनायो ५६ औं सामाजिक कार्यक्रम

Image
लेख बहादुर श्रेष्ठ (सागर) ललितपर । समाजको हरेक क्षेत्रमा सामाजिक कृयाकलापद्धारा आफ्नो उपस्थिति देखाउँदै आई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ५६ औं सामाजिक कार्य तिर्थालु धर्मलम्बिहरुलाई शुद्ध पिउने पानी खुवाएर मनाएको छ । ललितपुर स्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा २०८० साल फागुन ०२ गते देखी १२ गते सम्म चलिरहेको शिव पुराण यज्ञमा त्याहाँ आउने श्रदालु भक्तजनहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराईएको हो । संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठको संयोजक्त्योमा बिनोद खडका अध्यक्ष श्री सन्तानेश्वर महादेव मन्दिर, रीता थापा देउजा कोषाध्यक्ष, प्रमिला थापा बस्नेत सञ्चालक सदस्य, हेम बहादुर अधिकारी, श्याम कृष्ण नेपाली सहकोषाध्यक्ष श्री सन्तानेश्वर महादेव मन्दिर, लव के. सी सदस्य आदीको उपस्थिति रहेको थियो । पुण्य काम गरेको भन्दै शिव पुराण यज्ञ आयोजक समितिले हाम्रो जन्मभूमि सामाजिक सस्थालाई कदर पत्र प्रदान गरेर सम्मान समेत गरेको छ ।

हाम्रो जन्मभूमिले ५५ औं सामाजिक कार्यक्रम शैक्षिक सामाग्र वितरण गरेर मनाईयो 

Image
सिन्धुपाल्चोक । हाम्रँे जन्मभूमि सामाजिक संस्थाले संस्थाको ५५ औं सामाजिक कार्यक्रम सिन्धुपाल्चोक जिल्ला चौतरा साँगाचोकगढि नगरपालिका वडा नं.१३ सातदोबाटोमा रहेको गणेश आधारभुत विद्यालयको २९ औ बार्षिकोत्सवको अवसरमा त्यस विद्यालयमा अध्यनरत ५६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरेर मनाईएको छ । चौतारा सांगाचोक गढी नगरपालिका वडा नंं १३ का वडा अध्यक्ष रामप्रसाद गौतम प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा आजिवन सदस्य धन बहादुर श्रेष्ठ ,यसै विद्यालयको प्र.अ . शान्ति गिरि,तारादेवि राना,नारायण प्रसाद गौतम,रमेश गौतम,कृष्णप्रसाद चौलागाई ,सानुमैया थापा, शर्मिला वि।क ,हरि विक्रम नेपाल,लिला बहादुर गिरि,कृष्णबहादुर थापा,कुलप्रसाद दाहाल,वीर बहादुर तामाङ ,बिष्णु राना,रामप्रसाद चौलागाई तथा अभिभावक तथा विभिन्न समाजसेवीहरुको उपस्थितिमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा भएको उक्त कार्यक्रममा आर्थिक ,नैतिक ,भौतिक रुपमा साथ सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद र विशेष धन्यवाद त्यस कार्यक्रमलाई आर्थिक सहयोग गर्ने Éř Süžøñê CrèStha PuZa Cr...