Posts

Showing posts from September, 2023

हाम्रो जन्मभूमिको तेस्रो वार्षिक साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन 

Image
ललितपुर । स्थापनाकाल देखी नै सामाजिक सेवामा अग्रणी कार्य गर्दै आई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । संस्थाको अध्यक्ष गिता श्रेष्ठको सभापतित्व र समाजसेवी सहकारी विद निमनाथ फुँयालको प्रमुख आतिथ्यमा टिकाथली स्थित नासिका रेष्ट्रोमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  पानसमा वक्ति बालेर कार्यक्रमको उदघाटन भएको उक्त कार्यक्रममा हार्ट ग्रुप, हातेमालो सामाजिक सेवाका प्रतिनिधीहरु, सल्लाहकारहरु, मानर्थ सदस्य, आजिवन सदस्य शुभचिन्तक, समाजसेवी पत्रकार, सुरक्षाकर्मीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । संस्थाको उपाध्यक्ष शोभा बेलबासे पौडेलद्धारा स्वागत गरिएको उक्त कार्यक्रममा संस्थाको प्रतिवेदन अध्यक्ष गिता श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७९÷२०८० सालमा संस्था मार्फत विभिन्न ठाउँ तथा व्यक्तिहरुलाई सहयोग पु¥याउनु हुने सहयोगि मन तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । महिलो चरणको कार्यक्रममा शुभकामना दिनुहुने सबै वक्ताहरुले संस्थाले गरेको सामाजिक कार्यको खुलेर प्रशंसा गरेको थियो र अझै अगाडी बढ्नलाई शुभकामना दिनु भएको थ...

हाम्रो जन्मभूमिको ४५ औं सामाजिक कार्यक्रम सम्पन्न

Image
काभ्रे । सामाजिक कार्यमा अग्र पंतिमा रहेर समाजमा सानो सानो कामबाट पनि ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ भन्ने विश्वासको साथ अगाडी बढीरहेको सामाजिक संस्था हाम्रो जन्मभूमिले आफ्नो ४५ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । काभ्रे जिल्ला पनौति नगरपालिका वडा न. ९ पनौतिमा अवस्थित श्री प्राणनाथ माइती बृद्ध आश्रममा आश्रृत बृद्धबृद्धा तथा बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन गराएर उक्त कार्यक्रम सम्पन्न गरेको हो । हाम्रो जन्मभूमि सामाजिक संस्था को आजिवन सदस्य तथा समाजसेवी नारायण श्रेष्ठको जन्मदिनको अवसरमा संस्थाको अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा उक्त कार्यक्रम गरिएको थियो । त्यस अबसरमा संस्थाका सल्लाहकार निमनाथ फुयाल, सचिव सुमन कुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरुः रिता देउजा थापा,अम्बर बहादुर राई ( राईकान्छा),झम्क बहादुर श्रेष्ठ, मानार्थ सदस्यहरुः श्याम कर्मचार्य, दिपक श्रेष्ठ , आजिवन सदस्यहरुः प्रमिला बस्नेत थापा, हेम बहादुर अधिकारि ,नारायण श्रेष्ठ ,समाजसेवी उज्वल विक्रम थापा, सविता श्रेष्ठ, लगायत विभिन्न समाजसेवी सहयोगि ,सहयात्री व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न...

रेशम थापा मगरलाई नगद रु.५३८७०।- आर्थिक सहयोग 44

Image
आज मिति २०८०/०६/०५ गते शुक्रबार Hamro Janmabhumi Samajik Sastha हाम्रो जन्मभूमि सामाजिक संस्था काे ४४ औ कार्यक्रम सिन्धुपाल्चोक चाैतारा साँगाचाेकगढि नगरपालिका वडा न.२ बतासे बालुवा घर भएका दिर्ध बहादुर थापामगरका छाेरा बरिस्ठ गायक तथा सर्जक रेशम थापा मगरलाई भाद्र ९ गते अचानक बिरामी भइ टाउकाको बेर्नमा नसामा असर परि अहिले उहाँको आधा शरीर प्यारलाइसिस भएको कारण स्पार्क हेल्थ अस्पतालमा उपचारत हुनुहुन्छ उहाँलाई आर्थिक सहयोग नगद रु.५३८७०।- संस्था अध्यक्ष गिता श्रेष्ठ काे सम्याेजकत्वमा तथा संस्थाका बरिस्ठ उपाध्यक्ष लेख बहादुर श्रेष्ठ (सागर),उपाध्यक्ष शाेभा वेल्वासे,सह सचिव सुमित्रा न्याैपाने केन्द्रीय सदस्यहरु रिता देउजा थापा,अम्बर बहादुर राई( राईकान्छा),झम्क बहादुर श्रेष्ठ आजिवन सदस्यहरु प्रमिला बस्नेत थापा ,हेम बहादुर अधिकारि ,समाजसेवी डा.शर्मिला माेक्तान, एकीकृत नमुना बस्ती बजिनिबाट दुर्गा बहादुर श्रेष्ठ ,अनिल श्रेष्ठ ,उमेश श्रेष्ठ ,राजु श्रेष्ठ लगायत विभिन्न समाजसेवी सहयाेगि ,सहयात्री व्यक्तित्वहरुकाे उपस्थितिमा सहयोग हस्तान्तरण गरियाे सहयोगी मनहरु तथा उपस्थिति सबैलाई हार्दिक धन्यवाद...