आर्थिक अभावका कारण विरामीलाई आईसियुबाट निकालिदियो औषधि पनि दिन छाड्यो

काठमाडौं । यो संसारमा जन्मीसकेपछि बाँच्न पाउने हामी सबैको नैसर्गिक अधिकार हो । तर यहाँ पैसा हुनेले मात्र बाँच्न पाउने रहेछ । देशैभरि तिहार छठ मनाई रंहँदा भने एक परिवारको चित्कार मात्र आई रह्यो त्यो पनि अस्पतालको बेडबाट । प्राप्त जानकारी अनुसार विरामी रुपनारायणलाई आर्थिक अभावकै कारण अहिले अस्पतालले आईसियुबाट निकाली दिएको र विरामीलाई औषधी पनि दिन छाडेको वहाँको परिवारले वताउनु भएको छ । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं. ६ घर भएका रुपनारायण बसेल ज्यालादारी कामगरी घर फर्कने क्रममा असोज १३ गते राति करिब ८ बजे तिर मोटरसाईकल दुर्घटनामा परि सडकबाट करिब १०० मिटर तल खस्दा अनुहार क्षतविक्षत भएको थियो । अचेत अवस्थामा झापाको विर्तामोड स्थित बि.एण्ड.सी. अस्पतालमा उपचारको लागि पु¥याईएको थियो । लामो समयको आईसियु उपचारपछि अहिले होस आएतापानि आर्थिक अभावकै कारण थप उपचार हुननसकेको पारिवारिक श्रोतले जनाएको छ । ज्यालादारीकै भरमा आफ्ना दुई ११ र ६ वर्षका छोरा श्रीमतीलाई पालि राखेको बसेलको आर्थिक अवस्था कमजोर रहेको पाइएको छ । यस विषयमा थप जानकारी लिदा ईलाका प्रहरी कार्यालय तेह्रथमले दिएको जानकारी अन...