Posts
Showing posts from June, 2022
भिरबाट लडेर हात खुट्टा, ७ वटा करङ्ग र ढाड भाचिएको व्यक्तिलाई हाम्रो जन्मभूमिको ८३ हजार आर्थिक सहयोग
- Get link
- X
- Other Apps

काठमाडौं । बाउ बाजेले भन्ने गर्नुहुन्थ्यो दसा भनेको बाजा बजाएर आउदैन । दसा जुनसुकै व्यक्तिलाई जतिखेर पनि लाग्न सक्दछ । संधै घरगोठ गर्दै आई रहेको ओखलढुङ्गा मोलुङ गा.पा. ८ का अजिव राई २०७९ साल वैसाख १४ गते वेलुका गोठमा बस्तुलाई घाँसपात गरेर फर्कने क्रममा भिरबाट खसेर अचेत भएको खबर सुन्दा वहाँको श्रीमति पनि केही छिन बेहोस भईन । एक्कासी भिरबाट खस्दा अजिवको हातखुट्टा मात्र भाँचिएन छातीको ७ वटा करङ्ग र ढाड पनि भाँचिएको छ । महिनौको उपचारपछि वल्ला वहाँ बोल्न सक्ने सम्म हुनु भएको छ । तर अहिले पनि वहाँ चल्न चटपटाउन सक्नु हुन्न । न्यूज अभियान डटकममा समाचार छापिएसंगै स्थापना काल देखीनै सामाजिक सेवामा सक्रिय हाम्रो जन्मभूमिले वहाँको लागि आर्थिक सहयोग गर्न पहल लिएको थियो । नभन्दै छोटो समयमै सहयोगी मनकारी सदस्यहरु र शुभचिन्तकहरुबाट संकलित रु ८३ हजार रुपयाँ आज वहाँकै निवासमा पुगि पिडितलाई हस्तानतरण गरेको छ । संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा उक्त रकम काठमाडौं स्थित आलपोट कृष्णचौर स्थित निवासमा गएर हस्तानतरण गरेको हो । उक्त आर्थिक सहयोग हस्तानतरण कार्यक्रममा ंसंस्थाका वरिष्ठ उपाध्यक्ष सागर श...
भिरबाट लडेको बालकलाई बचाउन सहयोग को लागि अपिल
- Get link
- X
- Other Apps

काठमाडौं । हे भगोवान गरिबको घरमा मात्र बास हुने भए दुःख गरि अझै पिडा दे । यो पिडा किन गरिबलाई मात्र हुन्छ ? के गरिबको चैं यस धर्तीमा बाँच्न पाउने अधिकार छैन ? किन पिडा माथी पिडा थपिदै जान्छ ? हरेक दुःखी, असाहाय, गरिब समस्यामा परेकाहरुको उद्धार गर्दै आएको हाम्रो जन्मभूमि सामाजिक संस्था यस पटकपनि एक पिडित भिरबाट खसेको अचेत बालकलाई बचाउनको लागि हार्दिक अपिल गर्दछ । मानव सेवा नै धर्म हो । मिति २०७९/०१/१४ गतेका दिन दुर्गम जिल्ला ओखलढुंगा, मोलुङ गाउपालिका वडा नः ८ रागादिप बस्ने श्री बालकृष्ण राईको छोरा अजिव राई (शुशिल) भीरबाट लडेर अचेत अबस्थामा रहेको र अजिव राईको आमा पनि मुटु सम्बन्धि दिर्ग रोगले गंगालाल हस्पिटलमा उपचार गराई रहेकी छिन यहि बेला छोराको भिरबाट खसेर अर्को पिडा थपिएपछि उपचार गर्न समस्या परेको हो । उहाँको आर्थिक अबस्था एकदमै कमजोर भएकोले थप उपचार को लागि आर्थिक सहयोग गरिदिनका लागि सम्पूर्ण देश बिदेशमा रहनु भएका सहयोगी मनहरुलाई अपिल गर्दछौ। तपाईहरुले उपलब्ध गराउनु भएको सहयोग वापत संस्थाले रसिद उपलब्ध गराउने छ । वर्षभरिमा जसले बढि सहयोग गर्नुहुनेछ वहाँलाई विशेष कार्यक्रमको विच ...
पिडितलाई उपचारको लागि सहयोग गर्दै हाम्रो जन्मभूमिले मनायो २२ औं सामाजिक कार्यक्रम
- Get link
- X
- Other Apps

काठमाडौं । साना साना काम गरेर पनि समाजमा ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ भन्ने उद्देश्यको साथ स्थापना भएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो २२ औं सामाजिक कार्यक्रम केही समय पहिले सिन्धुपाल्चोकको दारेगौंडा भन्ने भिरबाट मोटरसाईकल सहित खसेर असक्त भएको निरोज श्रेष्ठलाई एकमुष्ठ ५० हजार नगद हस्तानतरण गरेर सम्पन्न गरेको छ । सिन्धुपाल्चोकको कल्लेरी भन्ने ठाउँको १७ वर्षे युवा मोटर साईकलमा गौरतिबाट पछाडि बसेर फर्कदै गर्दा भिरबाट खसेर असक्त भएको थियो । अहिले वहाँको कएमसी अस्पतालमा उपचार भई रहेको छ । आर्थिक स्थिति अत्न्त कमजोर भएकोले वहाँको आमाले सहयोगको लागि अपिल गर्नु भएको थियो । साहि अनुसार हाम्रो जन्मभूमि सामाजिक संस्थाले पहल गरेको थियो । हाम्रो जन्मभूमिको सदस्यहरु र मनकारी शुभ चिन्तकहरुबाट पठाएको रकम एकमुष्ट आज अस्पतालमा गएर निरोज श्रेष्ठको बुबा तेज बहादुर श्रेष्ठलाई हस्तानतरण गरेको हो । उक्त हस्तानतरण कार्यक्रम संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा भएको थियो । सहयोग हस्तानतरण कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, कोषध्यक्ष नारायण श्रेष्ठ, केन्द्रिय सदस्यहरु रिता...