Posts

Showing posts from April, 2022

युवराज तोलाङ्गी वचाउ अभियानमा सहभागि बनौं

Image
हुनेको त यो संसारमा सबै छ तर नहुनेको कोही पनि हुँदैन । तर नहुनेको लागी हामी छौं । हाम्रो जन्मभूमि सामजिक संस्था मार्फत कोही नभएकाको नजिकको मित्र बन्न सक्नुहुनेछ । बिर अस्पतालको ग्याष्ट्रो वार्डको बेड नं. ४३ मा लामो समयदेखी मृत्युसंग लडिरहनु भएको युवराज तोलाङ्गलाई बचाउन सबैमा सहयोगको लागि हार्दिक अपिल गर्दछौं । ओखलढुङ्ग, मोलुङ्ग २ बरुणेश्वर, रामपुरमा जन्मनु भएका युवा विगत लामो समयदेखी पेटको आन्द्रामा घाउ भएर उपचाररत हुनुहुन्छ । एक चोटी अप्रेशन गरि सकेका तोलाङ्गको पुनः अप्रेशन गर्नु पर्ने बाद्यता भएपछि सहयोगको अपिल गर्नु भएको हो । आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले अहिले वहाँलाई दैनिक खाने औषधी सम्म किन्न गाह्रो भएको छ । पैसाकै अभावले गर्दा अप्रेशन पनि नहुने अवस्था आएपछि वहाँको बाँच्न पाउने अधिकार सुनश्चित गर्न हाम्रो जन्मभूमि सामाजिक संस्थाले वहाँलाई बचाउन यो अभियान शुरु गरेको हो । यो अभियानमा सहभागि हुन चाहनुहुने महानुभावहरुले संस्थाको खातामा वा क्यूआर गरेर रकम पठाउन सक्नुहुनेछ अथवा अरु माध्यमबाट पनि पठाउन सक्नुहुनेछ । तपाईको रकम प्राप्त भएपछि संस्थाको तर्फबाट सहयोग रसिद उपलब्ध गराईने...

हाम्रो जन्मभूमि सामाजिक संस्थाको पहिलो स्थापना दिवस भव्य रुपमा सम्पन्न

Image

हाम्रो जन्मभूमिको प्रथम स्थापना दिवस सम्पन्न, पाँच जना समाजसेवीलाई विशेष सम्मान

Image
काठमाडौं । स्थापना काल देखी नै सामाजिक सेवामा अहोरात्र खटिएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले प्रथम स्थापना दिवस भव्यताको साथ मनाएको छ । संस्थाको अध्यक्ष गिता श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष, समाजसेवी, सिजन मिडियाको सि.ई.ओ. प्रदिपराज वन्तको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा निलो आकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निमनाथ फुँयाल, संस्थाको मानर्थ सदस्य तथा समाजसेवी रमेश कुमार चापागाई, त्यसैगरी अतिथिहरुमा नेपाल एयर होस्टेज एकेडेमीका डाईरेक्टर रेजिना तुलाधर, व्यापारी तथा समाजसेवी निर्मल प्रसाद घिमिरे, समाजसेवी डा. सर्मिला मोक्तान, टंक दुलाल, उत्तमराज लामा, भिम बहादुर थापा, मेची महाकाली संस्थाको तर्फबाट जुना दाहाल, पत्रकार सरोज चामलिङ्ग राई र खिलानाथ ढकाल, उज्जवल विक्रम थापा, मृगौला समाज अध्यक्ष रमिता काफ्ले दाहाल, केन्द्रीय पदाधिकारी, सदस्यहरु, मानर्थ सदस्यहरु, आजिवन सदस्यहरु, पत्रकार, समाजसेवी शुभचिन्तक आदिको उपस्थिति रहेको थियो । पानसमा वक्ति बालेर प्रमुख अतिथि सभापति लगायतले कार्यक्र...