Posts

Showing posts from April, 2025

हाम्रो जन्मभूमि सामाजिक संस्थाले मनायो चौथो स्थापना दिवस

Image
सिन्धुपाल्चोक । सशक्त रुपमा सामाजिक कार्य गर्दै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो चौथो स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। चौतारा साँगाचोकगढी नगरपालिकावडा नं. ५ मा एक विशेष कार्यक्रम गरि उक्त कार्यक्रम मनाएको हो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको अध्यक्षता तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा चैत २६ गते, मंगलवारका दिन संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै स्थापना दिवस मनाएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको थियो जसले उनीहरूको अध्ययनमा सहयोग पुग्ने विश्वास लिइएको छ। संस्थाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा र समाजसेवामा संस्थाको योगदानको चर्चा गरिएको थियो।कार्यक्रम चौतारा साँगाचोकगढी–५ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित अतिथिहरूले स्थापना दिवसको अवसरमा संस्थालाई शुभकामना दिदै संस्थाले गर्दै आइरहेको काम प्रति सम्मान व्यक्त गरेका छन् ।

विश्व अटिजम सचेतना दिवसको अवसरमा फोटो पत्रकार सागर श्रेष्ठ सम्मानित

Image
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समुह नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ विश्व अटिजम सचेतना दिवसको अबसरमा एक समारोहका विच सम्मानित हुनु भएको छ । विगत लामो समय देखि विभिन्न संघ संगठन र विशेषगरि मिडिया मार्फत समाजमा रहेर सामाजिक सेवामा उल्लेख्य योगदान पु¥याएको भन्दै वहाँलाई सम्मान गरिएको हो । विश्व अटिजम सचेतना दिवस २०२५ को अवसरमा विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र (एसएसडिआरसी) ले एक समारोहको विच पूर्वअर्थ, उद्योग र वाणिज्य तथा आपूर्तिमन्त्री माननिय शंकरप्रसाद कोईराला ज्यूको हातबाट सम्मानित हुनु भएको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. १३ साविक ठूलोसिरुवारी वडा नं. ६, जंगलछाप हाल काठमाण्डौ महानगरपालिका वडा नं ३१ आलोकनगर बस्दै आएको स्व.हरिबहादुर श्रेष्ठ र स्व. ललिमाया श्रेष्ठको कान्छो सुपुत्रको रुपमा जन्मनु भएका लेख बहादुर (सागर) श्रेष्ठ सानै उमेर देखि समाजसेवा प्रति झुकाव राख्नुहुन्थ्यो । वैदेशिक रोजगारीको शिलसिलामा प्रवासमा ११ वर्ष रहँदा प्रवासी नेपालीहरुको सुख दुःुखको साथी बन्नु भयो । उहाँ २१ वर्ष देखि अनालाईन पत्रकारितालाई र फोटो पत्रकारितालाई मर्य...