सोच्दै नसोचेको ठाउँमा हाम्रो जन्मभूमिको ६२ औं सामाजिक कार्यक्रम सम्पन्न

दोलखा । भनिन्छ साना साना कामबाट पनि समाजमा ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ । जिवनमा केही गर्छु भन्ने भावना हुनुपर्छ, आँट हुनु पर्छ, ईच्छा हुनु पर्छ सबै भन्दा ठूलो कुरा मन हुनुपर्छ त्यसपछि असम्भव पनि सम्भव हुन्छ । हाम्रो जन्मभूमि सामाजिक संस्थाको उद्देश्य अनुरुप यस संस्थाले आफ्नो ६२औं सामाजिक कार्यक्रम दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं ३ झ्याँकु, महतारामा रहेको श्री जनश्रमिक आधारभूत विद्यालयमा अध्ययनरत १ देखी ५ कक्षा सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु (कपि र झोला) वितरण गरेर सम्पन्न गरेको छ । काठमाडौंबाट करिब ७ घण्टा ३० मिनेटको लगातार यात्रा अनि विचबाट अर्को गाडीको यात्रापछि उक्त स्थानमा पुगेका थियौं । लामो यात्राको सिथिल शरिर अनि मलिन अनुहार लिएर त्यहाँ पुग्दा लाग्थ्यो कार्यक्रम त्यति सफल नहोला तर हामीले जे शोचेका थियौं त्यो सबै विपरित भयो । त्यस स्कूलमा अध्यायनरत विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको न्यानो स्वागत, बालबालिकाहरुको ट्यालेन्ट देखेर हामीत हेरेको हेरेकै भयौं । साह्रा पिडाकस्ट भुलेछौं । बालबालिकाहरुसंगै नाच्यौं रमायौं सुन्दर प्रकृतिक दृष्यहरुको अबलोक...