हाम्रो जन्मभूमिको ६० औं सामाजिक कार्यक्रममा ब्लड क्यान्सर पिडित समीरलाई आर्थिक सहयोग

ललितपुर । सामाजिक सेवामा सर्मपित हाम्रो जन्मभूमिले आफ्नो ६० औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त अबसरमा काभ्रेपलान्चोक जिल्ला, मन्डन देउपुर नगरपालिका वडा नं(११ तिमल्सिनागाऊ घर भएका ब्लड क्यान्सर पिडित समीर तामाङलाई स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग रकम नगद रु ४७,१००। हस्तानतरण गरेको हो । ललितपुर स्थित नासिका सेकुवा कर्नरमा आयोजित एक कार्यक्रमबिच संस्थाका अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा तथा संस्थाका आजिवन सदस्य तथा संस्थापक सञ्चालक समिति सदस्य मिना कुमारी मल्लको प्रमुख आतिथ्यतामा उक्त नगद हस्तानतरण गरिएको हो । आर्थिक सहयोग हस्तानतरण कार्यक्रममा उपाध्यक्ष नारायण श्रेष्ठ ,कोषाध्यक्ष रिता देउजा थापा केन्द्रीय सदस्यहरु झम्क बहादुर श्रेष्ठ (काजि),अम्बर बहादुर राई ( राईकान्छा),हेम बहादुर अधिकारी ,मानार्थ सदस्यहरु उर्मिला अधिकारी ,कल्पना राउत , आजिवन सदस्यहरु लोक कुमार श्रेष्ठ ,सुष्मा केसि ,विरामीका अभिभावक लक्ष्मण तामाङ सहयोगी मनहरुको उपस्थिति रहेको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न