Posts

Showing posts from May, 2024

हाम्रो जन्मभूमिको ६१औं सामाजिक कार्यक्रममा माझी वस्तीका ८५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण

Image
भ्mयाडी, सिन्धुपाल्चोक । सामाजिक सेवामा स्थापना काल देखी नै सक्रिय हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ६१ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. १० झोलुङ्गेमा रहेको श्री सुर्योदय आधारभूत विद्यालयमा अध्यनरत १ देखी ५ कक्षा सम्मका ८५ जना बिधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । हाम्रो जन्मभूमि सामाजिक संस्थाको ६१ औं कार्यक्रम अन्तर्गत फजुल खर्च बचाएर विद्यार्थीको अध्ययनमा सहज पु¥याउने हेतुले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको संस्थाका अध्यक्ष गिष्ता श्रेष्ठले बताउनु भयो । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च गरेर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी पाटीको आयोजना गर्ने प्रचलन बढदै गएको छ । तर हाम्रो जन्मभूमि सामाजिक संस्थाकी अध्यक्ष गीता श्रेष्ठले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनु भएको छ ।आफ्नो जन्मदिनको अवसरमा श्रेष्ठले बालबालिकाका माझ जन्मदिन मनाउँदा निकै खुशी लागेको छ,’उहाँले भन्नुभयो । साथै उहाँले विद्यार्थीलाई समेत फजुल खर्च ...

हाम्रो जन्मभूमिको ६० औं सामाजिक कार्यक्रममा ब्लड क्यान्सर पिडित समीरलाई आर्थिक सहयोग

Image
ललितपुर । सामाजिक सेवामा सर्मपित हाम्रो जन्मभूमिले आफ्नो ६० औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त अबसरमा काभ्रेपलान्चोक जिल्ला, मन्डन देउपुर नगरपालिका वडा नं(११ तिमल्सिनागाऊ घर भएका ब्लड क्यान्सर पिडित समीर तामाङलाई स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग रकम नगद रु ४७,१००। हस्तानतरण गरेको हो । ललितपुर स्थित नासिका सेकुवा कर्नरमा आयोजित एक कार्यक्रमबिच संस्थाका अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा तथा संस्थाका आजिवन सदस्य तथा संस्थापक सञ्चालक समिति सदस्य मिना कुमारी मल्लको प्रमुख आतिथ्यतामा उक्त नगद हस्तानतरण गरिएको हो । आर्थिक सहयोग हस्तानतरण कार्यक्रममा उपाध्यक्ष नारायण श्रेष्ठ ,कोषाध्यक्ष रिता देउजा थापा केन्द्रीय सदस्यहरु झम्क बहादुर श्रेष्ठ (काजि),अम्बर बहादुर राई ( राईकान्छा),हेम बहादुर अधिकारी ,मानार्थ सदस्यहरु उर्मिला अधिकारी ,कल्पना राउत , आजिवन सदस्यहरु लोक कुमार श्रेष्ठ ,सुष्मा केसि ,विरामीका अभिभावक लक्ष्मण तामाङ सहयोगी मनहरुको उपस्थिति रहेको थियो ।