हाम्रो जन्मभूमि सामाजिक संस्थाले धुमधामको साथ मनायो तेस्रो स्थापना दिवस

काभ्रे । स्थापना काल देखि नै सामाजिक सेवामा आफ्नो छुटै पहिचान बनाएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले तेस्रो स्थापना दिवस धुमधामको साथ मनाएको छ । संस्थाको अध्यक्ष गिता श्रेष्ठको सभापतित्व र समाजसेवी, राष्ट्रिय फोटो पत्रकार समुह नेपालका केन्द्रीय कोषाध्यक्ष तथा हाम्रो जन्मभूमि सामाजिक संस्थाका पूर्व सञ्चार प्रमुख सागर श्रेष्ठको प्रमुख आतिथ्यमा हाम्रो जन्मभूमिको तेस्रो स्थापना दिवस मनाएको हो । प्रमुख अतिथि सागर श्रेष्ठको बहुलीबाट पानसमा वत्ति वालेर उदघाटन गरिएको काभ्रे स्थित मानव कल्याण समाज सेवा घरको सभा हलमा सञ्चालित उक्त कार्यक्रममा समाजसेवी सुमि मानव, मानर्थ सदस्य तथा समाजसेवी काजल नानु घिमिरे, मानर्थ सदस्य तथा समाजसेवी श्याम कर्मचार्य, संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष रिता थापा देउजा, सञ्चालक प्रमिला थापा बस्नेत, सञ्चालक मदन अधिकारी, मानर्थ सदस्य रमिला काफ्ले दाहाल, आजिवन सदस्य लक्ष्मी श्रेष्ठ, समाजसेवीहरु साथै उक्त सेवा घरमा आश्रित ८० भन्दा बढी आमाबुबाहरुको उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा सुमि मानवले हाम्रँे जन्मभूमिको निस्वर्थ समाजसेवाको कार...