हाम्रो जन्मभूमि सामाजिक संस्थाले बृद्धबृद्धाहरुको मुहारमा खुसी छर्दै मनायो ३७ औं सामाजिक कार्यक्रम
चौतारा । हाम्रो जन्मभूमि सामाजिक संस्थाले संस्थामा आवद्ध सदस्यहरुको जन्मदिन होटल, रिर्सोट आदी ठाउँमा गएर फोकडको खर्च गरेर होईन, उक्त दिनलाई अविस्मरणिय बनाउँदै बृद्धबृद्धा आश्रम, अनाथ आश्रम, स्कूल आदी ठाउँमा गएर मनाउने शुभ कार्यको थालनी गरेको छ ।
यसै शिलशिलामा हाम्रो जन्मभूमि सामाजिक संस्थाका संस्थापक तथा अध्यक्ष गिता श्रेष्ठको जन्म दिवसको अबसरमा हाम्रो जन्मभूमि सामाजिक संस्था को ३७ औ कार्यक्रम सिन्धुपाल्चोक चौतारा बृदाआश्रममा एक दिवसिय भोजन कार्यक्रम सहित सम्पन्न गरेको छ ।
उक्त अबसरमा संस्थाको सचिव सुमन श्रेष्ठ आजिवन सदस्य लोक कुमार श्रेष्ठ, अनुज श्रेष्ठ, रत्नकुमारि श्रेष्ठ,भिन्तुना नेवा आमा समुह बाट बिन्दु श्रेष्ठ कल्पना श्रेष्ठ,शान्ती श्रेष्ठ,सृजना श्रेष्ठ, सुशान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । हाम्रो जन्मभूमि अध्यक्ष गिता श्रेष्ठको सुस्वास्थ्य, दिर्घायु र उक्तरोत्तर प्रगतिको कामना गर्दछ ।
Comments
Post a Comment