हाम्रो जन्मभूमिको ३१ औं सामाजिक कार्यक्रम पुण्य काम गरेर मनाईयो
काभ्रे । हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ३१ औं सामाजिक कार्यक्रम पुण्यको काम गरेर सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा काभ्रेपलाञ्चोक, धुलिखेल स्थित मानव कल्याण समाजमा आश्रित बृद्धबृद्धाहरुलाई एक दिवसिय भोजन गराएर उक्त कार्यक्रम गरेको हो । संस्थाको १ नं. मानर्थ सदस्य शान्ता गौतमको पुजनिय पिता स्वर्गे नरेन्द्र प्रसाद चौलागाईको पुण्य तिथि पारेर आज मानव कल्याण समाज परिसरमा स्वर्गे चौलागाईको तस्विरमा माल्यापण गरि पुष्पगुच्छा अर्पण गर्दै त्याहाँ आश्रित बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराएर उक्त कार्यक्रम गरेको हो । उक्त कार्यक्रम सफल बनाउनको लागि संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, उपाध्यक्ष शोभा बेलवासे, सहसचिव सुमित्रा न्यौपाने, मानर्थ सदस्य शान्ता गौतम, आजिवन सदस्य प्रमिला बस्नेत, समाजसेविहरुः गोविन्द न्यौपाने, माया न्यौपाने, मादब चौलागाई, सुधा कार्की (बस्नेत), लक्ष्मी घिमिरे, अमृत सापकोटा, कुमार बस्नेत, बल बहादुर खत्री, सुमि मानव लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा समाजमा आश्रित बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराउनुको साथै अत्ति आवश्यक...