मृगौला पिडित सपना राईलाई हाम्रो जन्मभूमिको आर्थिक सहयोग
काठमाडौं । उदयपुर जिल्ला त्रियुगा नगर पालिका वडा नं. १० घर भई हाल लोकन्थलीमा स्थाई बसोबास गर्दै आई रहेका सपना राईलाई हाम्रो जन्मभूमि सामाजिक संस्थाले नगद रु ३०,००० आर्थिक सहयोग गरेको छ ।
निक्कै लामो समयदेखि उपचाररत दुबै मिर्गौलाले काम नगरे पछि तत्कालै मिर्गौला प्रत्यारोपण गर्नु पर्ने भएको हुँदा विरामीको घरको आर्थिक अवस्था पनि कमज़ोर र ऋण पान गर्दै उपचार गर्दा निक्कै धेरै खर्च भएको र अन्तिम अवस्थामा घरबाट उपचार गर्न नसक्ने भएपछि हाम्रो जन्मभूमिले आफ्ना सदस्य तथा शुभचिन्तकहरुमा अपिल गरेको थियो । उक्त रकम आज एकमुष्ठ लोकन्थली स्थित निवासमै गएर संस्थाका अध्यक्ष गिता श्रेष्ठ लगाएतले हस्तानतरण गरेको हो ।
उक्त अबसरमा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, सचिव सुमन श्रेष्ठ, केन्द्रय सदस्यहरुः रिता थापा देउजा, अम्मर बहादुर राई, काजी श्रेष्ठ, मानर्थ सदस्यहरुः काजल घिमिरे नानु, प्रमिला वस्नेत देउजा, अनुज श्रेष्ठ, कल्पना राउत लगायतको उपस्थित रहेको थियो ।
Comments
Post a Comment