बृद्धाबृद्धहरुलाई मिष्ठान्न भोजन गराएर हाम्रो जन्मभूमिले मनायो २६ औं सामाजिक कार्यक्रम
काठमाडौं । सामाजिक क्षेत्रमा छुटै पहिचान बनाउन सफल हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो २६ औं कार्यक्रम बृद्धाबृद्धहरुलाई मिष्ठान्न भोजन गराएर मनाएको छ ।
काठमाडौ कलंकी रबिभवन १३ मा अवस्थित बृद्धा आस्था ब्यवस्था तथा सामाजिक कल्याण गुठि आमाको घरमा संस्थाको बरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठको संयोजकत्वमा अतिथि श्री नानू घिमिरे (काजल), समाजसेवी दिल शोभा श्रेष्ठ, सन्चालक समितिका कोषाध्यक्ष नारायण श्रेष्ठ, केन्द्रीय सदस्यहरुः रिता देउजा थापा ,झम्क बहादुर श्रेष्ठ (काजि),अम्बर बहादुर राई (राइकान्छा) आजिवन सदस्य प्रमिला बस्नेत थापा, मानार्थ सदस्य उत्तम लामा, रिचमन कलेजका विद्यार्थीहरुको उपस्थितिमा एक दिवसिय भोजन कार्यक्रम सम्पन गरेको हो ।
उक्त कार्यक्रम कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्नु हुने तथा भौतिक रुपमा उपस्थित हुनु हुने सबैलाई संस्थाले धन्यबाद ज्ञापन गरेको छ । मन्तव्यको क्रममा सागर श्रेष्ठले संस्थाले अहिले सम्म गरेको सामाजिक काम र संस्थाको गतिविधिको बारेमा प्रकास पार्नु भएको थियो । कार्यक्रम नारायण श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।
त्यसैगरि आजै संस्थाको २५ औं कार्यक्रम सिन्धुपाल्चोकमा गरिएको थियो ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका वडा नं.५ लछुमण डाडा अपगालमा अवस्थित बौद्घिक अपाङगताका अभिभावक सघंमा अध्यक्ष गिता श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथि संस्थाका बरिस्ठ सल्लाहकार तथा पुर्व वडा अध्यक्ष श्री नरमान श्रेष्ठ, बिशेष अतिथि जिल्ला पत्रकार महासंघको अध्यक्ष श्री जीवन श्रेष्ठ, अतिथिहरु ः आजिवन सदस्य श्री धन बहादुर श्रेष्ठ, पत्रकार श्री निर्मल बस्नेत, श्री मणि सुन्दर कोइराला (सुन्दर शिशिर) जानकि श्रेष्ठ, सहयात्री भिन्तुना नेवा आमा समुहका बिन्दु घले ,लालुमाया श्रेष्ठ ,केशरिमाया श्रेष्ठ, शान्ति श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायत अन्य ब्यक्तिहरुको उपस्थितिमा एक दिवसिय भोजन कार्यक्रम सम्पन गरेको थियो ।
Comments
Post a Comment