घाँटीको क्यान्सर पिडित चित्र बहादुर सार्की बचाउँ अभियानमा हाम्रो जन्मभूमि

सिन्धुपाल्चोक । जसको यो संसारमा कोही हुँदैन त्यसको भगोवान हुन्छ । हो त्यही भगोवानरुपी बनेर आएको छ हाम्रो जन्मभूमि सामाजिक संस्था । यस संस्थाले स्थापना काल देखीनै आपत विपतमा परेका सयौं व्यक्तिहरुलाई सहयोग गर्दै आई रहेको छ । संस्थाले २३ वटा सामाजिक कार्यक्रमहरु गरि सकेको छ । यस पटक सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. १ साविक सेलाङ्ग गा.वि.स. वडा नं. ६ स्थायी घर भएका लाल बहादुर सार्कीको छोरा चित्र वहादुर सार्की विगत लामो समय देखी घाँटीको क्यान्सर पिडित हुनुहुन्छ । आर्थिक अभावकै कारण वहाँले उपचार गराउन सक्नु भएको छैन । अहिले गा.पा.ले एउटा पत्र बनाई दिएपछि आर्थिक संकलन गर्नको लागि दिनरात घामपानी नभनि सडक गाउँ बस्तीमा माग्दै हिडिरहनु भएको छ । वहाँको ९ देखी १६ वर्ष सम्मको ४ छोरी र श्रीमती हुनुहुन्छ । आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले हाम्रो जन्मभूमि सामाजिक संस्थाले वहाँको अप्रेशन सफल गर्नको लागि सहयोगि मनहरुसंग सकेको आर्थिक सहयोग गरिदिनहुन अपिल गरेको छ । सहयोगि मनहरुले संस्थाको आतामा रकम पठाएर वा सिधै क्यूआर स्क्यान गरेर रकम पठाउन सक्नुहुनेछ । सहयोग र सदभावको लागि धन्यबाद । सहयोग रकम त...