निराेज श्रेष्ठ बचाउ अभियानमा हाम्रो जन्मभूमिको अपिल

सिन्धुपाल्चोक । यहि जेष्ठ १ गते सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध मन्दिर गौरति भिमसेनको दर्शन गरेर फर्कने क्रममा चौताराबाट नजिकै रहेको दाह्रे गौडा भन्ने भिरमा मोटर साईकल सहित दुर्घटना भई भिरबाट खसेर शशक्त घाईते भएको सिन्धुपाल्चोक चौतारा सागाचोकगढि नगरपालिका वडा नम्बर ७ कल्लेरि स्थाई बसोबास भएको तेज बहादुर श्रेष्ठको छोरा निरोज श्रेष्ठ हाल उपचार क्रममा के एस सि हस्पिटल काठमाडौमा उपचार गराई रहनु भएको छ । वहाँको आर्थिक अवस्था एकदमै कमजोर भएको र परिवारको एकमात्र छोरा भएकोले उपचारको लागि वहाँको आमा बुबाले अपिल गर्नु भएको छ । हाल केएमसि अस्पतालको बेड नं. ५१० को आईसियुमा मृत्युसंग अन्तिम लडाई लडिरहनु भएको छ । मोटरसाइकल सिहत भिरबाट खस्दा वहाँको ढाडको मेरुडण्ड सिहत विभिन्न भागको हड्डीहरु टुक्राटुक्रा भएको छ । आपतको मित्र नै एक सच्चा मित्र हो त्यसैले तपशिलमा उल्लेखित बैक खाता वा क्यूआर मार्फत वा ईसेवा, आईएमई पे मार्फत सहयोग गर्नहुन हार्दिक अनुरोध गर्दछौं । तपाईले गर्नु भएको सहयोगको बापत संस्थाको तर्फबाट रसिद उपलब्ध गराईने छ र सम्पूर्ण रकम एकमुष्ठ पिडितलाई हस्तानतरण गरिने जानकारी गराउँद छौं । ज-जस्ले जति सहयोग गर्नु भएको छ सम्पूर्ण जानकारी हाम्रो जन्मभूमि सामाजिक संस्थाको फेसबुक पेज र फेसबुक ग्रप तथा मेसेन्जर मार्फत पारदर्शि रुपमा सार्वजनिक गर्नेछौं । बैंक खाता नं. : i६०१०१००००४३२ बैंक : ग्लोबल आईएमई बैंक ब्रान्चः चौतारा ईसेवा/आईएमई पेः ९८४१८५१९२५ थप जानकारीको लागि : संस्थाको कोषाध्यक्ष नारायण श्रेष्ठ ९८४१२१९५५२

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न