हाम्रो जन्मभूमिको १९ औं सामाजिक कार्यक्रम धादिङ्गमा हुँदै
काठमाडौं । सामाजिक र मानव सेवाका सहयात्री भन्ने मुल नाराको साथ स्थापना भएको हाम्रो जन्मभूमि सामाजिक संस्था जसले स्थापनाकाल देखी नै सामाजिक सेवामा सकृय हुँदै आएको छ । यस संस्थाले आफ्नो १९ औं सामाजिक कार्यक्रम धादिङ्गमा गर्ने भएको छ ।
धादिङ्ग जिल्लाको धादिङ्गबेंसीमा रहेको आमाको मायाँ छात्राबासमा आश्रित बालबालिकाहरुलाई एक दिवसिय खाना तथा खाद्यन्न लगायतका सामाग्रिहरु हस्तान्तरण गर्ने भएकोले सम्पूर्ण संस्थापक, मानर्थ, आजिवन, साधारण सदस्य तथा शुभचिन्तकहरुलाई सहभागि हुन र सहयोग गर्नहुन हार्दिक अपिल गर्दछौं ।
सहयोग गर्न चाहानुहुने मनकारीहरुले संस्थाको खातामा क्यूआर मार्फत सहयोग गर्न सक्नुहुनेछ । उक्त रकम जम्मा भए पश्च्यात संस्थाको तर्फबाट रसिद उपलब्ध गराईने छ । थप जानकारीको लागि संस्थाको कोषाध्यक्ष नारायण श्रेष्ठलाई ९८५१२१९५५२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
तपशिलः
१९औं सामाजिक कार्यक्रम
मितिः २०७८ साल चैत्र ५ गते
स्थानः आमाको मायाँ छात्राबास, धादिङ्ग
समयः दिन १० बजे
https://www.facebook.com/Aamako-Maya-Chhattarawas-Dhading-100864424945133
सेवामा
गिता श्रेष्ठ
अध्यक्ष
हाम्रो जन्मभूमि सामाजिक संस्था
Comments
Post a Comment