हाम्रो जन्मभूमि ७७ औं सामाजिक कार्यक्रममा वृद्धाआश्रममा एक दिवसीय भोजन 77

सिन्धुपाल्चोक, २०८२ असार १० — हाम्रो जन्मभूमि सामाजिक संस्था द्वारा संस्थाका मानार्थ सदस्य श्री श्याम कर्माचार्य र आजीवन सदस्य शान्ति गिरीको जन्मदिनको अवसरमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा रहेको चौतारा वृद्धाश्रममा एक दिवसीय विशेष भोजन कार्यक्रम आयोजना गरिएको छ। संस्थाकी अध्यक्ष श्रीमती गीता श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संस्था सदस्यहरुको सक्रिय सहभागितामा सभ्य र भव्य रुपमा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख उद्देश्य जन्मदिनको शुभ अवसरमा आश्रममा आश्रित बुबाआमाहरुलाई सम्मानस्वरूप सेवा प्रदान गर्नु तथा सामाजिक उत्तरदायित्व वहन गर्नु रहेको थियो। कार्यक्रममा छिगुझिगु चौतारा सामुदायिक होमस्टेका कोषाध्यक्ष बिना कक्षपति, सल्लाहकार कमलचरण कक्षपति, कमला गिरी, ठाकुर गिरी, र सबिना नेपाल लगायत अतिथिज्यूहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका संयोजक तथा संस्था सचिव सुमन कुमार श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, आजीवन सदस्य, सञ्चालक समिति र सहयात्रीज...