Posts
Showing posts from March, 2025
समाजसेवी रिताले आफ्नो जन्मदिन बृद्ध आश्रममा मनाईन 71
- Get link
- X
- Other Apps

काभ्रे । पहिले-पहिले जन्मदिनको बारेमा धेरैलाई थाहा हुदैन थियो । जसको जन्मदिन थाहा भयो पुजापाठ गरेर मनाउने गर्दथे । पछिल्लो समयमा मानिसहरुले आफ्नो जन्मदिन पश्चिमी देशहरुको प्रभावले गर्दा होटल, रिर्सोट आदी ठाउँमा मनाउने, देखासेखी गर्ने, वाहियात खर्च गर्ने गर्दै आई रहेको छ । तर अहिले आएर केही बदलिएको छ, बदलिदै छ । मानीसहरु अहिले बृद्ध आश्रम, बाल आश्रमहरुमा गएर बृद्धबृद्धाहरुसंग, अनाथ बालबालिकाहरुसंग रमाएर मिठो खुवाएर जन्म दिन मनाउँने गर्दछन । त्यसैक्रममा हाम्रो जन्मभूमि सामाजिक संस्था को आजिवन तथा कोषाध्यक्ष समाजसेवी रिता थापा देउजाले पनि संस्थाका साथीहरुको साथ पनौति नगरपालिका वडा न. ९ काभ्रे पनौतिमा अवस्थित श्री प्रणनाथ माइती बृद्ध आश्रममा आफ्नो जन्म दिन मनाएकी छिन ।