Posts
Showing posts from January, 2025
हाम्रो जन्मभूमिको ७० औं सामाजिक कार्यक्रम सम्पन्न, मृगौला पिडितलाई ५१ हजार आर्थिक सहयोग
- Get link
- X
- Other Apps

ललितपुर । सबैले बाँच्न पाउनु पर्छ, उपचार सबैलाई बराबर हुनु पर्छ रोग लागेकै कारण कसैले अकालमा मृत्यु भोग्न नपरोस भन्ने मनोसायको साथ अगाडी बढिरहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले गौरवमय ७० औं सामाजिक कार्यक्रम सम्पनन गरेको छ । दुबै मृगौला पिडित काभ्रेपलान्चोकको मन्डनदेउपुर नगरपालिका वडा नं. १२ निवासी कान्छा बहादुर पराजुलीको उपचारार्थ संस्थाले आर्थिक सहयोग रकम हसतन्तरण गरेको हो । दुबै मृगौलामा समस्या भई धर्मभक्त अपाङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराईरहेका पीडितलाई बुधबार ललितपुर स्थित नासिका खाजाघरमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको हो। हाल टिकाथलि बसोबास गर्दै आएका पराजुली ५१ वर्ष मात्रै भए , तर १२ वर्षदेखि उहाँ मृगौला रोगवाट ग्रसित हुनुहुन्छ । संस्थाले आफ्ना सदस्य र केही सहयोगीहरुको सहयोगमा ५१ हजार १ सय पाँच रुपैयाँ संकलन गरि हस्तान्तरण गरेको हो । हस्तान्तरण समारोहमा संस्थाका वरिष्ठ सल्लाहकार निमनाथ फुयाँल, चौतारा सागाचोकगढि नगरपालिका वडा नंं.१३ का वडा सदस्य धन बहादुर श्रेष्ठ, संसथाका उपाध्यक्ष नारायण श्रेष्ठ ,कोषाध्यक्ष रिता देउजा थापा, केन्द्रीय सदस्...