Posts

Showing posts from October, 2023

पितृहरुलाई सम्झदैं, हाम्रो जन्मभूमिको ४६ औं सामाजिक कार्यक्रम आमाको माँया घरमा सम्पन्न

Image
काठमाडौं । सामाजिक सेवामा अग्रणी भूमिका निभाउँदै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ४६ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली हिन्दुहरुको महान चाड वडा दशैं घटस्थपनाको पूर्व सन्ध्यामा पितृहरुको सम्झनामा बृद्धा आस्था व्यवस्था तथा सामाजिक कल्याण गुठी आमाको घर रविभवनमा एक दिवसिय मिस्ठान्न भोजन गराएर सम्पन्न गरेको हो । हाम्रो जन्मभूमि सामाजिक संस्थाको आजिवन सदस्य तथा समाजसेवी रमिला काफ्ले दाहालको श्रीमान नारायण प्रसाद दाहालको सम्झनामा उहाँको चिरशान्तिको कामना गर्दै उक्त कार्यक्रम गरिएको हो । संस्थाका अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका वरिस्ठ सल्लाहकार निमनाथ फुयाल, सल्लाहकार शर्मिला मोक्तान, उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता देउजा थापा, सदस्यहरुः झम्क बहादुर श्रेष्ठ ,प्रमिला बस्नेत थापा,हेम बहादुर अधिकारी, सहयोगी तथा सहयात्रीहरु मिना घिमिरे फुयाल, पुर्सोतम काफ्ले ,जनार्दन घिमिरे ,कल्पना बस्नेत ,राम बहादुर खड्का लगायत विभिन्न समाजसेवी व्यक्तित्वहरुको उपस्थितिमा उक्त एक दिवसिय मिस्थान्न भोजन गराईएको हो ।