Posts

Showing posts from June, 2023

सिघ्र स्वास्थ्य लाभको कामना गर्दै ३८ औं सामाजिक कार्यक्रम सम्पन्न

Image
काठमाडौं । हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ३८ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । केही समय देखी विमारी भई उपचाररथ संस्थाको केन्द्रीय सदस्य तुलसा श्रेष्ठलाई नेपाल क्यान्सर अस्पताल हरिसिद्धि परिसरमा गई संस्थाका केन्द्रीय सदस्यहरु, आजिवन सदस्यहरु, मानर्थ सदस्यहरु तथा शुभचिन्तकहरुको उपस्थितिमा भेटघाट तथा सिघ्र स्वास्थ्य लाभको कामना गरेको हो । उक्त कार्यक्रममा संस्थाको तर्फबाट सिघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाका अध्यक्ष गिता श्रेष्ठले संस्थागत रुपमा सहयोग हस्तानतरण गर्नु भएको थियो । अत्यन्त भावुक भएको तुलसा श्रेष्ठले संस्थाले गरेको माया, स्नेह र सहयोगले गर्दा बाँच्ने आशा झन बढेको र संस्थाका सदस्यहरुको मायाले औषधीको रुपमा काम गरेको वताउनु भएको थियो । गिता श्रेष्ठको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, सचिव सुमन श्रेष्ठ, केन्द्रिय सदस्यहरु देवकी ढुङ्गाना, अमर बहादुर राई, झम्क श्रेष्ठ, मानर्थ सदस्हरुः लोक बहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ, समाजसेवी तथा हाम्रो जन्मभूमिका शुभचिन्तकहरुः चन्दन अमात्य, श्याम खतिवडा, रामकृष्ण मिश्र, रमिला, महेन्द्र श्रेष्ठ, ललित बहादुर गिरी, ...